arrow

मदन पुरस्कार जोशी र जगदम्बाश्री क्षेत्रीलाई

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
samman-madan-and-jagadamba.jpeg
ललितपुर । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । 
 
गुठीले गरेको कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका हुन् । 
 
मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताए । उनले भने, ‘ठूलो कुरा मैले आजको सामाजिक गतिले अँध्यारोमा नै छाड्न खोजेको विषयको उठान ‘ऐना’मा गरेको छु ।’ आफूले पुरस्कार पाउँदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको उनले बताए ।  
 
जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताए । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाँधेको उहाँले बताए । उनले भने, ‘विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाँचो छ ।’
 
पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउँदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताए ।  
 
गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताए । उनले भने, ‘आज यो ऐतिहासिक स्थानमा सम्मान गर्न पाउनु आफैँमा गर्व गर्ने विषय हो ।’ 
 
मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि दुई–दुई लाख रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ