arrow

पाँचै शहरमा मन जित्दै एनसेल मेला २०७३ सम्पन्न

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Ncell-Mela9.jpeg
काठमाडौं। देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो। 
भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो  मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो । 
 
चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरु गाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए ।
 
मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
 
“एनसेल मेला २०७३ लाई अत्याधिक मनपराईदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दछौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।”
 
गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । 
 
सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ