arrow

गोविन्द केसीको माग सम्बोधनमा धनिराम र गगन सक्रिय, संसदको सूचीमा पहिलो नम्बरमै

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
gagan-and-dhaniram.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रको वेथितिविरुद्ध संघर्षरत डा. गोविन्द केसीको माग सम्बोधन गर्ने क्रममा सरकारले आइतबार संसदमा यसअघि पेश भएको राष्ट्रिय चिकित्सा विधेयकको प्रस्तावलाई अघि बढाउने तयारी गरेको छ । 
 
आइतबारको संसद बैठकका लागि संसद सचिवालयले जारी गरेको कार्यसूचीको पहिलो नम्बरमै शिक्षामन्त्री धनिराम पौडेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने तय भएको छ । 
 
शनिबार मात्रै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको सीनेट बैठकले नाम परीवर्तन गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको ध्यान अहिले डा. केसीले उठाएका माग सम्बोधनमा केन्द्रीत भएको छ । 
 
केसी गएको सोमबार दिएको समयसीमा सकिनै लाग्दा शिक्षा र स्वास्थ्यमन्त्री माग सम्बोधनमा निकै सक्रिय भएका छन् । केसीले अनसन बस्ने तयारी गरिरहेकै समयमा स्वास्थ्यमन्त्री थापाले सोमबार माग सम्बोधनको लिखित प्रतिवद्धता बुझाएका थिए । लिखित प्रतिवद्धता आएको भन्दै केसीले सोही दिन पत्रकार सम्मेलन गरी आउँसो सोमबार सम्मको समय दिएका थिए । 
 
केसीले छुट्टै चिकित्सा शिक्षा ऐन ल्याउन भन्दै पटक–पटक संघर्ष गर्दै आएका छन् । केसीका केही माग सम्बोधनको अन्तिम चरणमा पुगेपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनेबारे मागमा भने सरकारले खासै तयारी गरेको छैन । स्वास्थ्यमन्त्री थापाले भने लोकमान सिंह कार्कीबारे सदनमा छलफल नै गर्न नहुने भन्ने नरहेको भन्दै छलफल हुनुपर्नेमा जोड दिएका छन् । 
 
यसअघि, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन संसदमा छलफल हुनुपर्ने प्रस्ताव स्वास्थ्यमन्त्री रहेका गगन थापाले नै दर्ता गराएका थिए । सो प्रक्रिया शुरु गर्न व्यवस्थापिका संसदमा १० असोजभित्रै छलफल शुरु हुनुपर्ने पत्रकार सम्मेलनका क्रममा डा. केसीले बताएका थिए । 
 
डा. केसीले भनेका छन्, ‘अहिले सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएकोले अनशन एक साताका लागि स्थगित गरेको छु, माग पूरा भएन भने १० असोजदेखि फेरि आमरण अनसन शुरु गर्छु ।’
 
आइतबारको बैठकको कार्यसूची 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ