arrow

विष्णु खत्री र बद्री पंगेनीको दोस्रो भीडन्त, आईतबारदेखी निर्वाचन प्रक्रिया सुरू

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Bishnu_Badri.jpeg
काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरूभएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको छैटौं केन्द्रीय अधिवेशनले प्रतिष्ठानमा नयाँ नेतृत्व चयनको लागि भोलि(आईतबार)देखि चुनावी प्रक्रिया सुरू गर्ने भएको छ । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उद्घाटन कार्यक्रम सकिएसँगै शनिबारदेखि नै बन्दसत्र सुरूभएको थियो । 
 
कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । उद्घाठन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले कलाकार अमुल्य निधिको रुपमा आफुले बुझेको बताउँदै भने “राज्यले कलाकारहरूको उचित व्यवस्थापन र सम्मान गर्न नसकेको आरोप लगाए । उनले यसतर्फ सकारले ध्यान दिन दिनुपर्नेमा पनि जोड दिए । 
 
अर्को प्रसँगमा उनले भने “संस्कृति मन्त्रालयको पहिलो दायित्व भनेको राज्यको संस्कृति बचाउनु हो । यसमा मन्त्रालय गम्भीर भएर लाग्नु पर्छ ।” उपराष्ट्रपति पुनले लोक गीतमा आधुनिकता आउनु स्वभाविक रहेको भन्दै आधुनिकताको नाममा लोक संस्कृतिको मर्म माथि चोट पुग्छ भने त्यो कुरा सभ्य समाजको लागि राम्रो नहुने धारणा पनि व्यक्त गरे । 
 
शनिबार सुरूगर्न लागिएको निर्वाचन प्रक्रियामा नेतृत्वकोलागि ३ जनाले आकांक्षा देखाएका छन् । अध्यक्षमा विष्णु खत्री बद्री पंगेनी र टीकाराम चपाईले आकांक्षा देखाएका छन् भने अहिलेसम्ममा तीनैजनाले उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतले बताएको छ । 
 
यी मध्येपनि नेपाली प्रगतिशील गीतहरुको सुचीमा उच्च स्थानमा आफ्नो नाम बनाएका तथा लोक दोहोरीको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका बिष्णु खत्रीको सम्भावना बढी रहेको छ । 
 
केहि बर्ष अगाडीको निर्बाचनमा अहिलेका अध्यक्षका दाबेदार बद्री पंगेनीलाई बुटबल महाधिबेशनमा प्रतिष्ठानको सचिव पदमा भारी मतले हराएका खत्री फेरि पंगेनीसँग प्रतिपर्धा गर्न लागेका हुन् । प्रतिष्ठानमा कूल १८ सय केन्द्रीय प्रतिनिधि रहेका छन् । जुन २० जना साधारण सदस्यबाट एक जना केन्द्रीय प्रतिनिधि चयन गरेर बनाईएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ