arrow

६ मिनेटभित्रै लेस्टरको पोष्टमा म्यानयुको ३ गोल, लेस्टर ४–१ ले पराजित

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
EPL-man-untd.png
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले गत सिजनको लिग विजेता लेस्टर सिटीलाई ४–१ गोल अन्तरले हराएकाे छ । शनिबार घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लिगको साविक विजेता लेस्टरको पोष्टमा ६ मिनेटभित्रै तीन गोल गर्‍यो । 
 
पाँच खेल खेलेको युनाइटेडले पछिल्लो दुई खेल गुमाएपनि शनिबार भएको खेलमा भने घरेलु मैदानको सदुपयोग गर्दे नतिजा आफ्नो पक्षमा पारेको छ । खेलको सुरुवातीदेखि नै लेस्टरलाई दबाबमा राखेको युनाइटेडले पहिलो हाफको २२औं मिनेटमा स्मलिङको हेड गोलमार्फत अग्रता लिएको हो । 
 
खेलको ३७औं मिनेटमा हुँवा माटाले गोल गर्दे युनाइटेडको अग्रता दोब्बर पारे । दोस्रो गोल गरेको ३ मिनेट  बित्न नपाउँदै युनाइटेडका लागि मार्कोस रास्फोर्डले अर्को गोल गरे । त्यसको दुई मिनेटपछि पाउल पोग्वाले हेड मार्फत युनाइटेडलाई थप गोल दिलाए । 
 
युनाइटेडका लागि पोग्वाको यो पहिलो गोल हो । युनाइटेडले पोग्वालाई जारी सिजनका लागि भनेर कीर्तिमानी रकममा क्लबमा अनुबन्ध गरेको थियो । पोग्वाको अनुबन्धले अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा नै हलचल मच्चाइदिएको थियो । 
 
साविक विजेता लेस्टर सिटी भने जारी सिजनमा खराब प्रदर्शनबाट गुज्रिरहेको छ । गत सिजन लेस्टरले प्रिमियर लिगको उपाधि जितेर विश्व फुटबलको ध्यान तानेको थियो । यसकारण पनि जारी सिजनमा लेस्टरलाई धेरैले नजर लगाइरहेको छ ।
 
यद्यपि, जारी सिजनमा लेस्टर सम्हालिन सकेको छैन । शनिबार म्यानचेस्टर युनाइटेडसँग भएको खेलमा लेस्टरले ४–१ गोलको लजाँस्पद हार बेहोरेको छ । लेस्टरका लागि खेलको ६०औं मिनेटमा डिमारिया ग्रेले सान्तवना गोल फर्काए । 
 
जितपछि म्यानचेस्टर युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि, शनिबारै अन्य सात खेल रहेकाले अंक तालिकामा फेरबदल हुन सक्नेछ । तीन खेल गुमाएको लेस्टर यो हारसँगै अंक तालिकाको १२ औं स्थानमा झरेको छ ।
 
Paul Pogba looked to the heavens after scoring his first Manchester United goal and their fourth of the afternoon
 
The £89million signing lost Christian Fuchs and met Daley Blind's corner to send a header into the far corner
 
Pogba celebrated his goal with Jesse Lingard as United ran rampant in the first-half at Old Trafford
 
Rashford ran immediately to celebrate with Juan Mata, who played the ball across to him following Blind's corner



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ