arrow

राजनीतिक स्थिरताका लागि संविधान संशोधन : गृहमन्त्री निधि

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
nidhi.jpg.jpeg
जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक स्थिरताका लागि संविधान संशोधन महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । 
 
नेपाली काँग्रेस धनुषा जिल्ला कार्य समितिले जनकपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री निधिले संविधान संशोधन गरी कार्यान्वयन गरिएमा राष्ट्रबाट अन्योल समाप्त हुने बताए । 
 
संविधानलाई सर्वस्वीकार्य बनाउन सीमाङ्कन निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकता प्रावधान, राष्ट्रियसभाको गठन र भाषाबारे संविधानमा संशोधनको आवश्यकता रहेकाले सरकार संविधान संशोधानको गृहकार्यमा लागेको र छिट्टै संशोधन प्रस्ताव दर्ता गराउने उनले जानकारी दिए । 
 
संविधान संशोधन हुने बताउँदै मन्त्री निधिले संशोधन गरी निर्धारित समयमै स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न नभएमा मुलुकमा शून्यताको स्थिति आउन सक्ने चिन्ता जनाए । मन्त्री निधिले भने, ‘संविधानको पुनर्लेखन र संशोधन एउटै कुरा हो, यस बारेमा विपक्षी दल एमालेले भ्रम उत्पन्न गरिरहेको छ ।’
 
मधेसको मुद्दाको सम्बोधन सबै दलको एजेन्डा भएको र मधेसवादी दलले संशोधनमा सहभागिता जनाउनु आवश्यक भएको मन्त्री निधिको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ