arrow

तुलसीपुर उद्योग बाणिज्य संघको २३ औ साधारण सभा सम्पन्न

मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख हुनु पर्छ– राणा

logo
शरद रेग्मी,
प्रकाशित २०७३ असोज ८ शनिबार
udhyogdang.jpeg
दाङ। नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष भवानी राणाले अब मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख हुनु पर्ने बताएकी छन् । तुलसीपुर उद्योग बाणिज्य संघको २३ औ साधारण सभामा सम्बोधन गर्दै राणााले राजनीतिक आन्दोलनले मुलुक गणतन्त्रमा प्रबेश गरि संस्थागत भई रहेको सन्र्दभमा अबको आबश्यक्ता आर्थिक परिर्वतन रहेकोमा जोड दिइन् । उनले भनिन् आर्थिक क्रान्तिबिना नेपालले फड्को मार्न सक्दैन र निजी ब्यबसायीहरुको एकल प्रयासबाट पनि हुन नसक्ने बताइन् ।
 
 उनले हालै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले नेपालको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरिन् । नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा आज शनिबार तुलसीपुरमा उद्घाटन गरिएको संघको २३ औं साधारण सभामा अध्यक्ष बिमल रिजालले अबको रणनीति आर्थिक क्रान्तिको अभियान रहेको बताए । उनले सामाजीक उत्तरदायीत्वलाई आत्मसाथ गर्दै जनप्रतिनीधि नभएको यो अबस्थामा बिकास निमार्ण देखि नागरिकहरुका चाहना र भावना अनुसार पुर्बाधार निमार्णका काम गरिएको बताए  । 
 
उनले प्राथमिक्ताको आधारमा सबैभन्दा ठुलो बिषयमा टरीगाँउ एरपोर्ट सञ्चालन हो,त्यसमा केही हदसम्म सफल भएपनि निरन्तता दिन नसकिएको गुनासो गरे। अब प्रादेशीक राजधानीको कुरासगै आर्थिक सम्बृद्धि पनि प्राथमिक्तामा रहेको बताए । दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लले जिल्लामा अबको हप्ता १० दिन भीत्र नदीजन्य बस्तुको आपुर्तिको ब्यबस्थापन हुने जानकारी दिए । 
 
राष्ट्रपति चुरे संरक्षण क्षेत्र भीत्र जिल्लाका केही खोला नदी पर्ने भएकाले लामोसमयदेखि रोक लगाएको भएपनि अब खुल्ला हुने उनले बताए । प्राबिधीक टोली र जिबिसको टोलीले रातीदिन लगाएर अध्ययन अनुसन्धान गरि सकेकोले अब केन्द्रबाट निर्देशन आउने बित्तिकै निकास दिने प्रमुख जिल्ला अधिकारी काफ्ले बताए  । कार्यक्रममा नेपाली काग्रेसका तेजबहादुर बस्नेत,नेकपा एमालेका टीकाराम खडका,नेकपा माओबादीका रामजी चौधरी,राप्रपा नेपालका ललीतबहादुर वली,राप्रपाका टोपबहादुर शाह,राष्ट्रिय जनमोर्चाका रेशम बिसी,नेकपा माओबादी क्रान्तिकारीका हिरामणी दुखि,नेकपा माओबादी बिप्पलप समुहका प्रदीप वली र थरुहटका शरण थारुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
 
 उक्त अबसरमा नेपाल उद्योग बाणिज्य महासंघका अञ्चल संयोजक हरीहर बुढाथोकी,नुवाकोट उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष राजन श्रेष्ठ,दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे,नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की,कृष्णनगर उद्योग बाणिज्य संघका सचिब लक्ष्मण भुषाल,चनौटा उद्योग बाणिज्य संघका अध्यक्ष जम्सेर अली,सल्यान उद्योग बाणिज्य संघका उपाध्यक्ष बीरबहादुर चलाउनेले सहकार्य र समन्वयको आबश्यक्ता औल्याउदै साधारण सभाको शुभकामना दिए  ।
 
 त्यसैगरि आन्तरीक राजस्व कार्यालय तुलसीपुरका प्रमुख तुलसीराम सेडाई,कृषि बिकास बैक लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रबन्धक एकराज आचार्य,तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,राप्ती बबई बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपीनाथ योगी,नेपाल यातायात ब्यबसायी राष्ट्रीय महासंघका उपमहासचिब सुरेश हमाल,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत,संघका पुर्ब उपाध्यक्ष मीनराज वली,ब्यबसायी नरेश राजभण्डारी लगायतले बोलेका थिए ।
 
 उक्त अबसरमा पत्रकार नारायण खडका,पूर्बप्रहरी संगठनका कुशल आले, ब्यबसायीहरु महफुज रहान,रामबहादुर खडका,नरेशराज भण्डारी लगायतका अन्य गरि ९ जनालाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । संघले गतबर्ष गरेको बिधान संशोधन अनुसार आजीबन सदस्यताको ब्यबस्थामा २६ जनाले लिएका छन् । साधारण सभामा महासचिव नेत्रलाल वलीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ललितजंग शाहले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । 
 
संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा आयोजीत कार्यक्रममा संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत र उहाका छोरा संघका निर्बतमान अध्यक्ष टेकनप्रसाद बस्नेत हिमालले बाल उदय अक्षय कोष स्थापना गर्न १ लाख १ हजार १ सय ११ र संघका पूर्ब उपाध्यक्ष मीनराज वलीले आफ्ना पिता माता एकराज रुपा अक्षय कोषको लागि १ लाख १ हजार १ सय ११ रुपैया संघमा प्रदान गरे। संघका वरिष्ठ उपाध्यक्ष विरु रावतको धन्यबाद मन्तब्य रहेको कार्यक्रमको सहजीकरण महासचिब नेत्रलाल वलीले गर्नुभएको थियो । यसैबिच राति अवेर सम्म संचालन भएको बन्द सत्रले संघका महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनहरु सर्व सम्वत रुपमा पास गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ