arrow

इपीएल क्रिकेट सुरु, पारस र बसन्तको टोलीले अंक बाँडे

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
everest-premier-league-new.jpeg
काठमाडौं । घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग इपीएल सुरु भएको छ । यद्यपि, कीर्तिपुर मैदानमा हुने भनिएको उद्घाटन खेल वर्षाले स्थगित भएको छ ।
 
शनिबारको पहिलो खेलमा बसन्त रेग्मी कप्तान रहेको कान्तिपुर गोर्खाज र पारस खड्का कप्तान रहेको विशाल वारियर्सबीच खेल तय भएको थियो । काठमाडौंमा शनिबार लगातार वर्षा भएपछि खेल स्थगित हुँखा दुबै टोलीले १–१ अंक बाँडेका छन् । 
 
६ टोली सहभागि लिग असोज १७ गतेसम्म चल्ने प्रतियोगिता निर्देशक एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले बताए । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ढाँचामा सन्चालन हुनेछ ।
 
आइतबार दुई खेल हुने तय भएको छ । आइतबार शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बा राइनोज र शरद भेषावकर नेतृत्वको पञ्चकन्या तेज तथा विनोद भण्डारीको कप्तानी रहेको सगरमाथा लिजेण्ड्स र बसन्त रेग्मीको कप्तानी रहेको कान्तिपुर गोर्खाज भिड्ने छन् । 
 
एउटा खेल विहान साढे ९ बजेपछि सुरु हुनेछ भने । अर्को खेल दिउँसो सवा १ बजेपछि सुरु हुने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ