arrow

विदेशीको एजेन्डामा संविधान संशोधन स्वीकार गर्न सकिदैन : नेपाल

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
madhav-kumar-nepal.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले विदेशीको एजेन्डामा अघि सारिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । 
 
बारा–काठमाडौँ सम्पर्क मञ्चले दसैँ, तिहार र छठको अवसरमा शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम उनले नेपालको हितका लागि मात्र संविधान संशोधन गर्न सकिने भन्दै विदेशीको एजेन्डामा संविधान संशोधन स्वीकार्य नहुने बताए । 
 
 नेता नेपालले ९० प्रतिशतले सांसदको हस्ताक्षर गरी जारी गरेको संविधानलाई गलत भन्नु पूर्वाग्रही भएको बताउँदै संविधानले सबै जातजातिलाई समेटेको उल्लेख गरे। 
 
उनले मुलुकको अखण्डता, सार्वभौमिकता, राष्ट्रियतालगायतका विषयमा एमाले कसैसँग पनि नझुक्ने बताउँदै राजनीतिक दलहरुबीच फरक विचार भए पनि संविधानका बारेमा एक धारणा बनाउनुपर्नेमा जोड दिए । नागरिकता लिनासाथ कसैलाई पनि देशको राष्ट्रपति वा प्रधानमन्त्री बनाउन नसकिने उनले धारणा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा धेरै कुरामा चुकेको नेता नेपालले आरोप लगाए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ