arrow

बाजुराको दिगो विकासमा जुटे युवा

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा ।  दिगो विकासमा स्थानिय निकायमा योजना तर्जुमा युवाहरुको सहभागितामा  २ दिने गोष्ठी कोल्टीमा शनिबार देखि सुरु भएको छ । स्थानिय निकायमा युवाहरुको सहभागिता र उनीहरुको भुमिकाका विषयमा गोष्ठी संचलन गरिएको बताइएको छ । गाविवसमा रहेका युवाहरुको क्षमता र विकास र उनीहरुलाइ दिगो विकास र गाविसमा हुने योजनाहरुमा सहभागिताका विषयमा सहजीकरण गरिएको जिल्ला विकास समिति बाजुराका लेखा पाचौं मनिराम खत्रीले बताए ।
 
स्थानिय तहमा योजना तर्जुमा युवाको भुमिका, जनसंख्या र विकास,युवा निती २०७२ परिधी भित्र लक्ष्य उदेश्य, योजना तथा कार्यक्रमहरु ,योजना तर्जुमाका चरणहरुका विषयमा जानकारी गराइएको जिल्ला विकास समिति बाजुराका इन्जिनियर नरहरी गौतमले बताए ।
 
 गोष्ठीमा कोल्टी गाविसमा रहेका युवा क्लव, युवा नेटवर्क,युवा संजालका गरी सहभागी २५जनाको सहभागिता रहेको गौतमले बताए । कोल्टी गाविस सचिव रामदत्त न्यौपानेको  अध्यक्षतामा संचालन भएको गोष्ठीको सहजीकरण जिल्ला विकास समिति बाजुराका आन्तरिक लेखा पाचौं मनिराम खत्री र इन्जिनियर नरहरी गौतमले गरी रहेका छन् । 
 
आइतबार सम्म चल्ने गोष्ठी जिल्ला विकास समिति बाजुराको आयोजना र युएनएफपीएको आर्थिक  सहयोगका संचालन गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ