arrow

हाँसपोखरीको आय व्यय प्रतिवेदन गायब, स्थानीयको गुनासो

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
haspokhari.jpeg
इलाम । जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हाँसपोखरीको बार्षिक आय व्यय प्रतिवेदन नदेखाइएको स्थानीयले गुनासो गरेका छन् । जिल्ला पर्यटन बोर्डबाट कोलबुङ्ग गाबिस बडा नम्बर २ पर्ने श्री हाँसपोखरी संरक्षण समीतिलाई बर्षिक बजेट निकासा भएपनि अध्यक्षले हिनामिना गरेको उनिहरुको भनाइ रहेको छ । 
 
समितिका अध्यक्षले स्वयम् आफ्नो खुशीले काम गर्ने गरेका छन् । बर्षिक आय व्यय पानि देखाउदैनन्-स्थानिय किरण चेम्जोङ्ले भने । अध्यक्षले संस्थाको साधारण सभामा पनि विवरण बुझाएका छैनन् । स्थानीय राजनितिक दलका पहुचवालाको साथमा उनले त्यसो गरेका हुन् - चेम्जोङले थपे । 
 
  हाँसपोखरीको पोखरी निर्माणको लागि २०७२ सालमा १० लाख र २०७३ सालमा ७ लाख रुपैया जिल्लाबाट समितिलाई छुट्टयाइएको थियो । त्यस्तै सुनखरी भवन निर्माणको लागि २०७२ सालमा ७लाख र ७३ मा ७ लाख समितिले बुझेको हो । 
 
समितिले अहिले सम्म सामान्य भवन निर्माण गरेको छ भने पोखरीमा बाध बाधि प्लाष्टिक लगाएको छ । सो कामको लागि समितिले स्थानियलाई सित्तैमा श्रमदान गराएको थियो ।  समितिले हासपोखरी गेट देखी भवन भएको स्थान सम्म सिढि निर्माण गरेको छ । 
 
समितिको अध्यक्षमा तिलचन राई, उपसचिव प्रकाश राई र सल्लाकारमा योगेश चाम्लिङ्ग रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ