arrow

न्याम्सको नाम मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान राख्ने निर्णय

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
NAMS-news.jpeg
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नाम परीवर्तन गर्ने निर्णय भएको छ । शनिबार बसेको न्याम्स सिनेटको २२औं बैठकले यसअघिको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नाम ‘मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको हो । 
 
प्रतिष्ठानका सह–कुलपति एवं स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा न्याम्सका उप–कुलपति प्राध्यापक डा. गणेश गुरुङ, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती सहभागि रहेको बताइएको छ । 
 
बैठकमा ४ असोजमा भएको निर्णयका आधारमा छलफल भएको थियो । बैठकपछि स्वास्थ्यमन्त्री गगन थापाले यसले विपक्षी एमालेले भनेको जस्तो मनमोहनको नामै सुन्न चाँहदैनन् भन्ने तर्कको चित्त बुझ्दो जवाफ आएको बताए । मन्त्री थापाले चिकित्सा क्षेत्रको सूधारको माग गर्दै पटक–पटक संघर्ष गर्दै आएका डा. गोविन्द केसीको माग सम्बोधनका लागि यो निर्णय कोशे ढुंगा सावित हुने विश्वास समेत गरे । 
 
यसअघि, स्वास्थ्यमन्त्री थापा र शिक्षामन्त्री धनीराम पौडेलको सक्रियतामा सरकारले तत्कालिन एमाले सरकारले प्रस्ताव गरेको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संसदबाट फिर्ता गरी भौतिक सम्पत्ति न्याम्सले खरिद गर्ने र न्याम्सको नाम परिवर्त गरी मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राख्ने निर्णय गरेको थियो । 
 
सो निर्णय डा. केसीलाई लिखित रुपमा बुझाइएपछि केसीले अनसन एक साताका लागि सारेका छन् । एमाले नेता तथा सांसदहरुले सहकारीबाट संचालन भइरहेको मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन खोजेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ