arrow

भारतीय च्यानलमा पाकिस्तानी कार्यक्रम बन्द

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
zee_zindagi.jpeg
एजेन्सी । कश्मिरको उडीमा भएको आतंकवादी हमलामा १७ भारतीय आर्मीको निधन भएपछि त्यसको प्रत्यक्ष असर  भारतीमा कार्यरत पाकिस्तानी कलाकारलाई परेको छ। जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेटका अध्यक्ष  सुभाष चन्द्राले 'जिन्दगी' च्यानलमा प्रसारण हुने पाकिस्तानी कार्यक्रमलाई अहिले बन्द गरिएको बताएका छन् ।
 
चन्द्राले शनिबार ट्वीट गर्दै लेखे , 'यूएनमा मियां शरीफको दुर्भाग्यपूर्ण रवैया। जी आफ्नो च्यानल  'जिन्दगी' मा प्रसारण हुने पाकिस्तानी कार्यक्रमहरु बन्द गर्न गइरहेको छ । साथै पाकिस्तानी कलाकारहरु पाकिस्तान फर्कन आग्रह गर्दछौ ।'
 
शुक्रबार राज ठाकरेले पाकिस्तानी कलाकारलाई देश छोड्न धम्की दिएका थिए । सो धम्कीपछि बलिउड गायक अभिजीतले आपत्तिजनक शव्द प्रयोग गर्दै  पाक कलाकारका साथै करण जौहर र महेश भट्ट जस्ता निर्मातालाई निशामा पारे । अभिजीतले निर्माताहरुलाई दलाल शब्द प्रयोग गरेका छन् भने भिसा दिने विदेश मन्त्री सुषमा स्वराज माथि पनि आक्रोश पोखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ