arrow

६४.४९ मेघावाटको कालङ्गागाड जलविद्युतकाे निर्माण कार्य सुरु

आयोजना बने तीन सय स्थानीयले प्रत्यक्ष रोजगारी पाउन

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असोज ८ शनिबार
bijuli-@@.jpg.jpeg
बझाङ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङको विकट बुगाेंल क्षेत्रमा कालङ्गागाड जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । विभिन्न १० वटा बैकंहरु र केही प्रतिष्ठित व्यापारीहरुको लगानीमा निर्माण हुन लागेको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको हो । 
 
२०६५ साल देखि विभिन्न चरणमा डिजाइन स्टमेट देखि अनुसन्धान सुरु भएको उतm जलविद्युत आयोजनाको निर्माणका लागि विभिन्न १०  वटा बैकंहरुसँग ऋण लगानी सम्झौता सम्पन्न भए पछि आयोजनाको निर्माण कार्य सुरु भएको छ ।  
 
छुट्टा–छुट्टै तीन ओटा ठाँउमा निर्माण हुने सो आयोजनाका लागि आवश्यक पर्ने दुई सय रोपनी जग्गा खरिद गरी सकेको छ भने आयोजना निमार्णका लागि सडक निर्माणका साथै फराकिलो बनाउने, विद्युतको लाईन तान्ने र नहर निर्माणका लागि डोजर लगाएर खन्ने काम सुरु भएको छ । 
 
कालङ्गा जलविद्युत आयोजानाका संस्थापक विरेन्द्र मल्लले आयोजना निर्माणका लागि प्रारम्भिक कानूनी प्रक्रिया पूरा भइसकेको बताउँदै आयोजनाको निर्माण कार्य प्रारम्भ भइसकेको बताए । एक हजार करोड को लागतमा निर्माण हुने तीन वटा आयोजनाबाट झण्डै ६५ मेघावाट विद्युत उत्पादन हुने बताउँदै मल्लले भने, ‘यो आयोजना निजी क्षेत्रले निर्माण गर्न लागेको देशको सबै भन्दा ठूलो आयोजना हुनेछ ।’ आयोजना निर्माणका लागि आवश्यक केही सामग्री समेत खरिद गरी सकिएको छ ।
 
सानीगाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको ३८.४६ मेघावाट दहबगर मा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने भएको छ ।  कालङ्गा हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको १५.३३ मेघावाट को खिरातडीको पाउटामा ईन्टेक बनेर सुनकुडा गाविसको घोडादाउनमा पावर हाउस निर्माण गरिने छ, भने  सानी गाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको १०.०७ मेघावाटको कफलसेरीको जुनैबाट ल्याएर पिपलकोट गाविसको खौलाधारमा पावरहाउस निर्माण गरिने भएको सस्थापक मल्लले जानकारी दिनुभयो । 
 
यसरी तीन ओटा आयोजनाको जम्मा जोडेर ६४.४९ मेघावाट विद्युत उत्पादन हुने  भएको छ । जलविद्युत आयोजनाका निर्माणका लागि १० वटा बैकंहरुले ७५ प्रतिशत लगानी र स्थानीयका लागि १० प्रतिशत शेयर वितरण गरिनुकासाथै १५ प्रतिशत प्रतिष्ठत व्यापारीको हुने आयोजनाका अर्का सस्थापक तिर्थराज चटौतले बताए ।
 
उनले भने, ‘सुदूरपश्चिमकै ठूलो गौरवको आयोजना भएकाले यो आयोजना निर्माणका लागि स्थानीयबासीले पनि सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताए । यसरी दुर्गम गाँउमा सुदूरपश्चिमकै सबै भन्दा ठूलो आयोजना निर्माण कार्य सुरु भए पछि यस क्षेत्रमा भने खुसीयाली छाएको छ ।
 
स्थानियवासी मदन कुवँरले भन्नु भयो हाम्रो जस्तो यस्ता ठूला गौरवका आयोजना बनेपछि यस क्षेत्रको विकासको ढोका समेत खोलिएको बताए । विद्युत बने यस क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुनका साथै स्थानीय क्षेत्रमा रोजगारीका लागी यूवाहरुले विदेश जानु पर्ने स्थितिको समेत अन्त्य हुने कुँवरले बताए । आयोजना निर्माण भएपछि झण्डै तीन सय जना स्थानीयले प्रत्यक्ष रोजगारी पाउने आशा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ