arrow

टि-२० क्रिकेट: वेष्टईण्डिज बिरुद्ध पाकिस्तानको सहज जित

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Imad_wasim_Pak.jpeg
काठमाडौं। पाकिस्तानका बलर ईमाद वसिमको उत्कृष्ठ प्रदर्शनका कारण पाकिस्तानले वेष्टईण्डिजलाई पहिलो टि-२० क्रिकेटमा ९ विकेटले पराजित गरेको छ। 
 
टस जितेर पहिले क्षेत्ररक्षण रोजेको पाकिस्तानले वेष्टईण्डिजलाई पहिलो ओभरदेखि दवाबमा राखेको थियो। वेष्टईण्डिज १९.५ ओभरमा सबै विकेट गुामउँदै ११५ रन मात्र बनाउन सफल भएको थियो। ड्वेन ब्राभोले ५५ रन बनाएका थीए। 
 
पाकिस्तानका ईमाद वसिमले ४ ओभरमा १४ रन खर्चिंदै ५ विकेट लिएका थिए। टि-२० करिकेटमा ईमाद पाँच विकेट लिने पहिलो पाकिस्तानी खेलाडी हुन्।  त्यसैगरि सोहेल तनविरले ३ विकेट लिएका थिए। 
 
पाँच ओभरमा वेष्टईण्डिजले ५ विेकट गुमाईसकेको अवस्था थियो। जेरोमी टेलर र ब्राभोको ६६ रनको साझेदारीले वेष्टईण्डिजले सम्मानजनक रन बनाउन सकेको थियो।
 
जवाफमा पाकिस्तानले ११६ रन १ विकेटको क्षतीमा १४.२ ओभरमा पुरा गर्दै पहिलो जित हात पारेको थियो। पाकिस्तानका बाबर आजमले ५५* रन बनाएका थिए। तीन खेलको श्रृखंलामा पाकिस्तानले १ -०को अग्रता लिएको छ। खेलका प्लेयर अफ म्याच ईमाद वसिम घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ