arrow

इजिप्टमा आप्रवासी शरणार्थी चढेको डुङ्गा दुर्घटना, १ सय ४८ को मृत्यु

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
mediaitem91344691.jpeg
कायरो (इजिप्ट)। इजिप्टको सामुद्रिक इलाकामा आप्रवासी शरणार्थी चढेको डुङ्गा बुधबार दुर्घटना हुँदा हराएका थप ९३ जनाको मृत शरीरलाई शुक्रबार समुद्रबाट निकालेपछि मृतक सङ्ख्या १सय ४८ पुगेको हो । 
 
यसअघि उक्त दुर्घटनामा ५५ जनाको मृत्यु भएको जनाइएको थियो । डुङ्गा दुर्घटनाबाट बाँचेका आप्रवासी शरणार्थीले बताएअनुसार डुङ्गामा कम्तिमा ४सय५० व्यक्ति यात्रारत थिए । इजिप्टबाट इटालीका लागि छुटेको उक्त डुङ्गा अत्याधिक भारका कारण समुद्रमा डुब्न पुगेको बताइएको छ । 
 
उद्धार कार्यमा संलग्न इजिप्टको नौसेना लगायतका सुरक्षाकर्मी तथा स्थानीयले डुङ्गा दुर्घटनापछि समुद्रमा रहेका १६३ जनालाई जीवितै उद्धार गरेका थिए । 
 
यसैबीच, इजिप्टका प्रशासनले मानव बेचबिखनमा संलग्न गिरोहका चार सदस्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीहरुले डुङ्गाको भारवहन क्षमताभन्दा बढी मानिसलाई डुङ्गामा राखी यात्रा गर्दा दुर्घटना हुन पुगेको प्रशासनको दाबी छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ