arrow

भारतीय सेनाको कारबाहीमा केपिएलटीका छ लडाकू मारिए

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Army-kills-three-militants-busts-camp-in-Assam.jpeg
नयाँ दिल्ली (भारत)। भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स (केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा छ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । 
 
कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो । 
 
केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको सैनिक अधिकारीमाथिजङ्गलमा लुकिछिपी आक्रमण गरेका र सेनाको प्रत्याक्रमणबाट उनीहरुको मृत्यु भएको सेनाले बताएको छ । घटनामा एक सरकारी सेना घाइते भएको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ