arrow

शनिबार बिर्तामोडमा एनसेल मेला

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Ncell-Mela-2073A.jpeg
काठमाडौं। देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले शनिबार कन्काई एजुकेशन फाउण्डेशनको मैदानमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीेको रि—ब्राण्डिङ्ग पश्चात, नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदान प्रदान गर्न यो मेलाको आयोजना गर्न लागिएको हो । 
 
एनसेल मेला २०७३ शनिबार बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ । यस अघि नारायणघाट, पोखरा, बुटवल र धरानमा यो मेला भव्यताका साथ आयोजना गरिएको थियो र प्रत्येक शहरमा हजारौ आगन्तुक तथा दर्शकहरुले यसको भरपुर मनोरन्जन लिएका थिए । विविध मनोरन्जनात्मक कार्यक्रमहरुले भरिपुर्ण शनिवारको मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने छ ।  
 
चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  
 
मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहने छ । कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, सन्दिप क्षेत्री, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी, कार्टुन्ज क्रु, युभि एन्जल्स् (विदेशी कलाकारहरु) र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । 
 
मेलामा मनोरञ्जनका लागि लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव लिन सक्नेछन् । मेलामा गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । 
 
गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “नजिकिदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहक लगायत सबैसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न बिर्तामोड पुगेका छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “विविध रोचक कार्यक्रम तथा गतिविधीहरु समावेश गरिएको यो मेलामा अन्य चार शहरमा जस्तै आगन्तुकहरुले पुर्णरुपमा मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ