arrow

लोकमान सिंह कार्कीको फाइल सरकारले सर्वोच्चमा पठायो

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
lokman-singh-karki.jpeg
काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा पठाएको छ । 
 
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिए । 
 
मन्त्रिपरिषद्को कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो । सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको र एक हप्ताभित्र पठाउन आदेश दिएको थियो । 
 
सर्वोच्चको आदेशबमोजिम सरकारले आज आयोग प्रमुख कार्की नियुक्तिको सक्कल फाइल पठाएको हो । 
 
आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए ।
 
 सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो । 
 
अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए । 
 
सोही पुनरावलोकनमाथि सुनवाई हुँदा सर्वोच्चले नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ