arrow

गौरिकाको रेकर्ड तोडिन् निहारिकाले

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
neharika---Copy.jpeg

ललितपुर । पौडीको ओपन महिला ५० मिटर ब्रेष्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नयाँ जलपरी निहारिका तुलाधरले ३८.६ सेकेन्डमा पौडदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

निहारिकाले बेलायतको लण्डनमा बसेर पौडी अभ्यास गर्दै आएकी गौरिका सिंहको कीर्तिमान भङ्ग गरेकी हुन् । गौरिकाले गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद सागमा ३९.३३ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।  

निहारिकाले नेपाल पौडी संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा आयोजना गरेको छैटौं एनएसए खुल्ला पौडी प्रतियोगिताका क्रममा कीर्तिमान राखेकी हुन् ।  
 
दुई दिने प्रतियोगितामा खुल्लातर्फ ११ महिला र १३ पुरुष गरी २४ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । 
 
प्रतियोगिता नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग र फिना वल्र्ड च्याम्पियनसिपको छनोटका लागि आयोजना गरिएको पौडी संघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ