arrow

इन्डोनेसियामा २७ शव भेटियो, २२ जना अझै बेपत्ता

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
indonesia-pahiro-new.jpeg

जाकार्ता (इण्डोनेसिया) । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ । 

उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ । 
 
राष्ट्रिय विपद् निकायकाअनुसार बाढीपहिरोको कारण ९ सय ७१ ओटा घर भत्किएका छन् । यस प्राकृतिक प्रकोपमा परी अन्य ३२ जना घाइते भएका छन । सो प्रकोप प्रभावित क्षेत्रबाट विस्थापित भएका ४ सय ३३ जनालाई सरकारी भवन र सैनिक शिविरमा आश्रय दिइएको अधिकारीहरुले बताएका छन् । 
 
इन्डोनेसियामा हरेक बर्ष अविरल बर्षासँगसँगै बाढीपहिरोको समस्याबाट इन्डोनेसियाली पीडित हुने गरेको पाइन्छ । रासिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ