arrow

याहुका ५० करोड खातावालको ईमेल विवरण चोरी

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
yahoo.jpeg
न्यू्योर्क । याहुले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो ।
 
यो अपराधमा कुन राज्यले प्रायोजन वा सहयोग गरेको हो भन्नेबारे केही नखुलाइए पनि कुनै एक व्यक्तिले मात्रै यति ठूलो साइबर चोरी गर्न सम्भव नहुने याहुको भनाई छ ।
 
याहुले घटनाबारे अमेरिका सम्बद्ध निकायहरुले छानविन गरिरहेको जनाएको छ । 
 
साथै याहुले आफ्ना सम्पूर्ण ईमेल प्रयोगकर्तालाई पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्नसमेत आग्रह गरेको छ ।
 
याहुले सन् २०१४ पछि कसैले पासवर्ड परिवर्तन नगरेको भए आजै गर्न पनि सुझाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ