arrow

जनसम्पर्क समिति जापान विस्तार; प्रवक्तामा शुरेस गिरि मनोनित

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
suresh-giri.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिति जापान विस्तार भएको छ। समितिका सभापति डि.पि.कँडेलको अध्यक्षतामा बसेको दोस्रो नियमित बैठकले कार्यसमिति विस्तार गरेको हो। विस्तारित कार्यसमितिका सदस्यहरूमा ऋषेन्द्र गिरी(सुरेश), राम ब.थापा(राजविन), ल्हाक्पागेलु शेर्पा, शरदराज शर्मा, डिल्लीराम शिवाकोटी, अरविन्द्र श्रेष्ठमनोनित भएका छन्। त्यसैगरि आमन्त्रित तर्फ तीर्थनाथ सापकोटा, प्रकाश गौडेल, हरिचन्द्र विष्ट, डाफलराज गिरी(नविन), निरज सापकोटा, फणिन्द्र शर्मा, कुमार कार्की, कुमार गिरी, दीपक कँडेल, मर्म तामागं, घनश्याम शर्मा, गायत्री पौडेल, अमित गौतम, हस्त लामा, सुन्दरमणी रेग्मी, नवीन अधिकारी आमन्त्रित सदस्यका रुपमा मनोनित भएका छन्। 
 
वैठकले राजेन्द्र जमरकट्टेल, पुष्करजंग थापा, पेम्बा लामा, बद्रि पौडेल, साधना घिमिरेलाई उप-सभापति मनोनित गरेको छ भने सह-महामन्त्रीहरूमा ध्रुव थापा, प्रेम कँडेल, हरि प्र.कँडेल, सह-कोषाध्यक्ष दिपक बुर्जामगरलाई मनोनित गरेको छ। वैठकले प्रवक्तामा भने ऋषेन्द्र गिरी(सुरेश)लाई तोकेको छ। 
 
त्यसैगरि वैठकले नारायण प्रसाद सुवेदी, भुपिगोविन्द श्रेष्ठ, धर्मराज अधिकारी, कपिलदेव थापा, डा.सुदिप अधिकारी, आत्माराम शर्मा(गैरे), पारसमणी पोखरेल, मुक्तिराम खनाल(विनोद), श्याम लामा, गणेश प्र.नेपाल, दीपक सुवेदी, सुनिल केसी, डा.हरेराम अर्याल, देवीलाल सुवेदी, कुशल धिताल, मनोज घलेलाई नेपाली जनसम्पर्क समिति जापानको छैठौं कार्यकालको लागि सल्लाहकारका रूपमा मनोनित गरेको छ।
 
त्यस्तै निर्वाचन समिति सदस्य मुक्तिराम खनाल(विनोद) लाई निर्वाचन प्रक्रियालाई अन्तिम रूप दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उच्च सम्मान सहित वैठकले धन्यवाद ज्ञापन गरेको महामन्त्री राम कार्कीले जनाएका छन्। 
 
टोकियोको सिनओकुबोस्थित नेपाली मुरा हलमा वैठकसँगै स्व० गणेशमान सिंहको स्मृति कार्यक्रम पनि गरियो। नेपाली जनताले आफ्नो संविधान आफै लेख्न देखेको सपना "नेपालको संविधान-२०७२" ले पुरा गरेको एकवर्ष पुरा गरेको अवसरमा स्वदेश तथा विदेश मा रहनुभएका सम्पूर्ण नेपाली जनतालाई बधाई दिदैँ यसको सफल कार्यान्वयनको निमित्त सबैमा अनुरोध गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ