arrow

गणपूरक सङ्ख्या नपुगेपछि संसद बैठक स्थगित

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक अन्तिम समयमा आएर गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । 
 
बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिनुभयो । 
 
सङ्ख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि बैठकमा १२६ जना मात्र सदस्य रहेको तथ्याङ्क सचिवालयले सङ्कलन गरेको थियो । 
 
संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कम्तीमा १४९ सङ्ख्या आवश्यक पर्नेमा उक्त सङ्ख्या अपुग भएको जनाउँदै आजको कार्यसूचीमा बाँकी रहेको न्याय परिषद् विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोगसम्बन्धी विधेयक कार्यसूचीबाट हटाइएको सभामुख घर्तीले जनकारी दिनुभयो । 
 
संसद्को अर्काे बैठक यही भदौ २६ गते आइतबार ११ बजे बस्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ