arrow

स्वास्थ्य मन्त्री थापाले जनतासंगै गराए स्वास्थ्य परीक्षण

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
gaganatoffice.jpeg
काठमाडौँ । स्वास्थ्यमन्त्री गगन थापाले ‘‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।  आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले संचालन गरेको क्लिनिकमा मन्त्री थापाले स्वास्थ्य परीक्षण गराएका हुन्। मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ बाटै सांसद निर्वाचित भएका हुन् । 
 
मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो। कार्यालयका प्रमुख रोहित पौडेलले भने,  ‘हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’’ 
 
बूढानीलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ