arrow

सातौं राष्ट्रिय खेलकुदको यसरी हुदैँछ तयारी

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
sataurastriya.jpeg
विराटनगर । पूर्वाञ्चलमा हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा भइरहेको छ । 
 
राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा मङ्सिर– ८ गतेदेखि १५ गतेसम्म जारी रहने सो प्रतियोगितामा अनुमानित ३७ करोड ६८ लाख खर्च हुने बताए । 
 
प्रतियोगिताको पूर्वाधार तयारी लगायतका कार्यका लागि सरकारले  २३ करोड निकासा गरिसकेको र बाँकी रकमका लागि माग गरिएको विष्टले बताए । 
 
३२ प्रकारका खेलका लागि आयोजित प्रतियोगितामा चार हजार २०० खेलाडीका साथै प्रशिक्षक, व्यवस्थापक र निर्णायक समेत गरी ६ हजार २८६ जनाको सहभागिता रहने उनले उल्लेख गरे । 
 
पूर्वाञ्चलमा आयोजित यस प्रतियोगिताको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरानमा गरिनेछ । यस प्रतियोगितामा मोरङमा ११, सुनसरीमा १३, झापामा पाँच, सिरहा, सप्तरी र इलाम जिल्लामा एक–एकवटा खेलको आयोजना गरिनेछ । 
 
कतिपय ठाउँमा पूर्वाधार तयारीका काम तीव्रगतिमा भइरहेको र प्रतियोगिता सुरु हुनु अगावै सम्पूर्ण तयारी पूरा हुने सदस्य सचिव विष्टले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ