arrow

ग्रामिण क्षेत्रको पहुँचमा सहकारी, बर्षिक नाफा झण्डै डेढ करोड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ ११ शनिबार
upakar.jpeg
स्याङ्जा। मुलुककै उत्कृष्ट बन्ने होडमा रहेको स्याङ्जाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७२/०७३ मा झण्डै १ करोड ५० लाख मुनाफा गरेको छ । उपकार सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्याल, उपाध्यक्ष लक्ष्मीपती पौडेल र सचिव दिपेन्द्र गैह्रेद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्ती मार्फत संस्थाले गएको आर्थिक बर्षमा १ करोड २९ लाख ४२ हजार ६ सय ३८ रुपैया खुद मुनाफा गरेको जनाएको हो ।
 
 उपकार सहकारीमा हाल २०७३ असार मसान्त सम्म ५ हजार ६९ शेयर सदस्य रहेको र शेयर पुँजी ५ करोड ६ लाख ४६ हजार ७ सय रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।  सहकारीमा असार मसान्त सम्म निक्षेप ४० करोड ७५ लाख ४७ हजार ४ सय ६१, लगानी ४५ करोड ११ लाख ८९ हजार ६ सय ४९ गरि सहकारीको कुल कारोबार ६२ करोड ६५ लाख १९ हजार ५ सय ७० रहेको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले जानकारी दिए । 
 
मुलुकको अस्थिर राजनीतिका कारण सहकारीहरुले जति फड्को मानुपर्ने थियो त्यो हुन सकेको छैन अध्यक्ष अर्यालले भने,“शेयर सदस्यहरुको विश्वासिलो आधार र नियमन निकायले दिएको सुझावकै कारण सहकारी यहाँ सम्म आईपुगेको हो ।” संस्थालाई अझै शुसासन कायम राख्न समितिका पदाधिकारीहरुलाई बेला बेलामा संचालकहरुको क्षमता अभिबृद्धि तालिमले अझै मजवुद बनाएको छ अध्यक्ष अर्यालले थपे । 
 
जिल्लाकै सुन्दर नगरी वालिङमा २०५० सालमा २७ जना संस्थापकहरुको २७ सय शेयर पुँजीबाट संचालन गरिएको सहकारी यहाँ सम्म आईपुग्दा निकै आरोह अवरोह पार गर्दै आईरहेको जारी प्रेस विज्ञप्तीमा समेत सहकारीले उल्लेख गरेको छ । २०५६ सालमा नेपाल राष्ट्र बैंक बाट सिमित बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त गरी तीन ओटा नगरपालिका सहित २३ ओटा गाविसहरुमा ३ ओटा सेवा केन्द्र मार्फत नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गरिरहेको संस्थाका सचिव दिपेन्द्र गैह्रेले बताए । 
 
ग्रामिण क्षेत्रमा विकास बैंकहरुको पहुँच नपुगीरहेका बेला सहकारीले ग्रामिण क्षेत्रका जनतालाई रेमिट्यान्स र कर्जा लगानी गरि उनीहरुको आयआर्जनमा टेवा पुर्‍याउने काम गरेका छौं सचिव गैह्रेले भने, संस्था र सदस्यहरुको जीवन्त दोहोरो सम्वन्धका लागि सामान्यतया २० जनाको समुह गठन गरी सहकारी शिक्षा प्रदान गरेका छौं ।” ग्रामिण क्षेत्रका शेयर सदस्य तथा अन्य नागरिकलाई स्वास्थ्यमा पंहुच पुर्‍याउने उद्देश्यले बिशेष छुटका साथ एम्बुलेन्स समेत संचालन गरेको सचिव गैह्रेले थपे ।
 
 पश्चिमाञ्चलमै उत्कृष्ट सहकारीको रुपमा परिचित भएको दावी गर्दै प्रेस विज्ञप्ती मार्फत सहकारीले वित्तिय क्षेत्रमा विश्वासिलो वित्तिय परामर्श दिने र स्तरिय सेवा प्रदान गर्ने उद्देश्यका साथ वित्तिय संस्थाहरुको प्रतिस्पर्धामा आफुलाई स्थापित गराउन एसियाली ऋण महासंघ (ब्ऋऋग्) ले उत्पादन गरेको एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (ल्भ्ँक्ऋग्ल्) को प्राविधिक सहयोगमा सञ्चालित “उत्कृष्ट सेवा तथा सूरक्षाका लागि सर्वोत्तम छनोट” ( ब्ऋऋभ्क्क् ) कार्यक्रममा २०७० देखि सहभागी हुंदै “सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी वित्तिय समाधान सहितको सामुदायिक सहकारी संस्था” भन्ने परिकल्पना लाई आत्मसात गर्दै उपकार साकोस अगाडि बढिरहेको उल्लेख गरेको छ । 
 
विपन्न वर्गका नागरिकको जिवनस्तर उकास्न र संस्थामा रहेका शेयर सदस्यको आर्थिक, समाजिक विकासका लागि सेवा र नाफामुखी तवरले काम गर्दै आएको सहकारीका बारेमा पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका खवरहरुले भने संस्थालाई गम्भिर बनाएको प्रति सहकारीले प्रेस विज्ञप्तीमार्फत ध्यानाकर्षण समेत गरेको छ । शेयर सदस्यहरुको विश्वासिलो आधार र नियमन निकायले नियमन पश्चात दिएका प्रमाणहरुले सहकारीको गरिमा अझै उचो भएको संचालक समितिले ठहर गरिरहेका बेला सहकारीलाई बदनाम गराउने उदेश्यले संचार माध्यमको प्रयोग गरि सहकारीका बारेमा आएको असत्य खवरले चिन्तित बनाएको समेत जनाएको छ ।
 
 संस्था सहकारी ऐन, नियामावली, मापदण्ड, विनियम अनुसार नै संचालन भएको अवस्थामा सत्यतथ्य नबुझि संचार माध्यमले प्रचार प्रसार गरिदिदा सहकारीको भावना विपरित भएको ठहर समेत गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता भ्रम छर्ने खालका समाचारहरुका पछि नलाग्न र विश्वास नगर्न समेत सबै शेयर सदस्यहरुलाई आग्रह गरिएको छ । संस्थालाई विश्वासिलो माध्यमबाट मजबुत बनाउन शेयर सदस्यले देखाएको सकारात्मक भावना प्रति समेत सहकारीले आभार व्यक्त गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ