arrow

प्रधानमन्त्रीलाई आफुले सहँदै आएको विभेदकारी कथा सुनाए पूर्व गोर्खाहरुले

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
BT-Gorkha.jpeg
काठमाडौं । बेलायती सेनाका पूर्व गोर्खा सैनिकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग वार्ता गरी समस्या समाधानमा पहल गरी दिन आग्रह गरेको छ ।
 
शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग वार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै वार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।
 
भेटमा पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईले भने, ‘वेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीहरुलाई तलव कम दिइन्छ, कैयौं विभेद र असमानताहरु छन्, त्यहाँको हाउस अफ कमनको प्रतिवेदन समेत लागु भएको छैन । यस अवस्थामा नेपाल समेत त्रिपक्षीय सन्धिअनुसार भर्ती गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारबाटै पहल गर्न अनुरोध छ ।’
 
यस अघि पनि आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटक–पटक कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीले भने,– ‘तपाईहरुका माग जायज छन्, यो राष्ट्रकै विषय हो । मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु ।’
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ