arrow

चुनावको पालो डाक्टरको, चिकित्सक सङ्घमा को छ बलियो?

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
doctor_teacher_group.jpg.jpeg
काठमाडौ। नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह (प्रचिस) र पेसागत समावेशी चिकित्सक समूह (पेसचिस) बीच प्रतिस्पर्धा हुने भएको हो। 
 
तीन वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन्। 
 
प्रचिसका डा मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदान उत्रिएका छन्। पेसचिसका डा रमेश ढकाल खडा भएका छन्। यसैगरी प्रचिसबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मिप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहेका छन्। 
 
पेसचिसबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार रहेका छन्।  
 
विसं २००७ मा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध रहेका छन्। काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने छ। 
 
संघमा यसअघी प्रजातान्त्रिक चिकित्सक समूहको वर्चस्व रहँदै आएको छ। संघमा हाल प्रजातान्त्रिक चिकित्सक समूहको तर्फबाट अन्जनी कुमार झाको नेतृत्वमा कार्यसमिति रहेको छ।  यसपटकको निर्वाचनमा पनि प्रचिसले आफ्नो वर्चस्व कायम राख्ने वहुसंख्यक चिकित्सकहरुको मत छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ