arrow

बस दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ । रौतहटबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । 
 
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चितवनको मुग्लिङ–नारायणगढ खण्डको चण्डीभन्ज्याङ्ग–६ कालिखोलामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । 
 
विज्ञप्तिमार्फत घटनामा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दे दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 
 
काँग्रेसले दुखद् घडीमा सम्पूर्ण पार्टी उद्धार र राहत कार्यमा खटिन आग्रह गर्दै घाइतेको प्रभावकारी उद्धार, राहत र औषधोपचारका लागि सरकारलाई माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ