arrow

मन्त्रालय समालेपछि के गरे गगन थापाले (भिडियो सहित)

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
gaganatoffice.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्री गगन कुमार थापाले डा. गोविन्द केसीका मागपूरा गर्नु आफ्नो पहिलो प्राथमिकता बताउदै युवा पुस्ताले चाहे अनुसारको काम गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै हाम्राकुरासँग प्रतिक्रिया दिँदै स्थास्थ्य क्षेत्रसँग जोडिएका नागरिक आन्दोलनलाई आफू पदमा बसेसम्म त्यसलाई कहिले पनि नदोहोरिने गरी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 
 
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा सपथगहण गरेसँगै ११ बजे स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री थापाले बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा  विशेषज्ञ समिति गठन गर्ने आफ्नो पहिलो निर्णय पनि गरेका छन् । उनले गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेका र स्वास्थ्य मन्त्रालयमा समेत पटक–पटक उजुरी पर्ने गरेको विषय सुधारका लागि यस्तो समिति गठन गरेका हुन् । 
 
यस्तो निर्णय भएसँगै थापाले पत्रकारहरूसँग प्रतितक्रिया दिँदै सविधानमा सम्भवतः सबैभन्दा धेरै स्वास्थ्यको अधिकार लेखिएकोले यो संविधानको कार्यान्वयनको लागि आफू सक्दो भूमिका निर्वाह गर्ने बताए । 
धेरैले गगन थापालाई बोल्ने मात्र हो भनेर आलोचना गर्ने गरेका छन् । अव भने उनी काम गर्न सक्ने ठाँउमा आएका छन् । उनले स्वस्थ्य मन्त्री बने पछि यस क्षेत्रका समस्या समाधान होलान नहोलान हेर्न बाँकी छ । तर उनलाई बिश्वास गर्नेहरुले यो क्षेत्रमा आमूल परिर्वतन गर्न सक्नेछन् भन्ने बिश्वासमा रहेका छन् । काम पनि गर्न सक्छन भनेर बिस्वास दिलाउन यो उनको लागि राम्रो अवसर पनि हो ।
 उनले पत्रकारहरुसग कुरा गर्दे के भने  हेर्नुहोस उनको कुरा जस्ताको तस्तै ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ