arrow

को हुन् अर्जुननरसिंह केसी?

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
arjun-KC.jpeg
काठमाडौं। नेपाली राजनीतिका कुशल खेलाडी अर्जुननरसिंह केसी राजनीति गर्नकै लागि जन्मे र त्यसैका लागि उच्च अध्ययन पनि राजनीतिशास्त्रकै गरे। नेपाल ल क्याम्पसबाट डिप्लोमा गरेका केसीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए। राजनीतिज्ञका साथै कुटनीतिज्ञ छवि समेत भएका केसीले अमेरिकाबाट सन् १९८२मा कुटनीति सम्वन्धी एक महिने प्रशिक्षण पनि लिएका थिए। 
 
रुपान्तरित संसदको सांसद रहेका केसी नुवाकोट १ बाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी केसी त्यसयता केन्द्रीय समितिमा मनोनित भए। 
 
नेपाली काँग्रेसको सहमहामन्त्री, प्रवक्ता, विदेश विभाग प्रमुख लगायतका महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका केसी २०५२ सालबाट लगातार केन्द्रीय समितिमा रहेका छन्।  
 
वि सं २००४ मा नुवाकोटको राउतवेसीमा पिता भगवान सिंह केसी र माता यशोदादेवी केसीको जेष्ठ पुत्रका रुपमा जन्मिएका केसीका श्रीमती प्रतिमा केसी सहित ४ छोरी र एक छोरा छन्। 
 
सरस्वती क्याम्पसमा राजनीति शास्त्रको लेक्चर समेत भएका उनले करिव २ बर्ष वकालत पनि गरेका थिए। राजनीतिक रुपमा केसी नेपालमा मात्र क्रियाशिल रहेनन।  वंगलादेशको स्वतन्त्रता संग्रामको साथीको रुपमा त्यहाँको स्वतन्त्रता आन्दोलनमा पुर्‍याएको योगदानको लागि वंगलादेश सरकारले उनलाई सम्मान समेत गरेको छ। 
 
नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहेका केसीले त्रिवि क्याम्पस किर्तिपुरको महासचिव समेत भएर काम गरे। राजनीति शास्त्र संघको अध्यक्ष भएर काम गरेका उनले प्रतिगमन विरुद्धको आन्दोलनमा उपत्यका समन्वय समितिको संयोजक भएर काँग्रेसको तर्फबाट काम गरेका थिए। 
 
स्वास्थ्य र शिक्षा मन्त्रालयको अलग अलग समयमा जिम्मेवारी सम्हालिसकेका केसी यो पटक भने जनसम्पर्कको अर्को मन्त्रालय शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन्। नेपाली काँग्रेसमा लोकप्रिय नेताको रुपमा परिचित केसीको मन्त्रीको रुपमा यस कार्यकालको सफलताको कामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ