arrow

च्याम्पियन्स लिग फुटबलः बार्सिलोना र म्यान्चेष्टर सिटी एउटै समूहमा

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
champions-league-draw.jpg.jpeg
मोनाको । यूएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहिबार राती फ्रान्सको मोनाकोमा युरोपियन फुटबल फेडेरेसन युएफाले समूह चरणको ड्र सार्वजनिक गरेको हो ।
 
ड्रमा स्पेनिश क्लब बार्सिलोना र इङलिश क्लव म्यानचेस्टर सिटी एकै समूहमा परेका छन्  । समूह सी मा बार्सिलोना र म्यान्चेष्टर सिटीसंगै स्कटिश च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया मानचाङलेबाख रहेका छन् ।
 
यस्तै साबिक विजेता स्पेनिश क्लब रियल मड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्ड रहेको समूह एफ मा परेको छ । समूह एफमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बन  र पोलिश क्लव लेगिया वार्स रहेको छ ।
 
समूह ए मा फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पिएसजी, इङलिश क्लब आर्सनल, स्वीस क्लब बासल र बुल्गेरियाको लुडोगोरेस्ट छन् । 
 
समूह बीमा पोर्चुगिच क्लब बेनेफिका, इटालियन क्लब नापोली,  युक्रेन क्लब डाइनामो किभ र टर्किस क्लब डाइनामो जाग्रेब रहेका छन् ।
 
समूह डीमा जर्मन क्लब बायर्न  म्युनिख,  स्पेनिश क्लब एथ्लेटिको मड्रिड, डच क्लब पीएसभी आइन्डहोभन र रसियन क्लब रोस्तोभ छन् । 
 
समूह समुह ई मा रसियन क्लब सीएसकेए मस्को, जर्मन क्लब बायर लिभरकुजेन, इङलिश क्लब टोटनह्याम हट्स्पर र फ्रेन्च क्लब मोनाको छन् ।
 
समूह जी मा इङलिश क्लब लेष्टर सिटी, पोर्चुगिच क्लब पोर्टो, बेल्जियन क्लब ब्रग र डेनिश क्लब एफसी कोपनगेहन छन् । 
 
यस्तै समुह एचमा इटालियन क्लब युभेन्टस, स्पेनिश क्लब सेभिया, फ्रेन्च क्लब लियोन र क्रोएसियन क्लब डाइनामो जाग्रेब रहेको छ ।
 
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरु आगामी सेप्टेम्बर १३ र १४ तारिखमा हुने छन् ।  
 
समूह चरणक फाइनल राउण्डक खेलहरु डिसेम्बर ६ र ७ मा हुने छन् । च्याम्पियन्स लिगको यस सिजनको फाइनल अर्को वर्ष जुन ३ तारिखमा कार्डिफमा हुने  तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ