arrow

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीको अपिल पनि खारेज (निर्णयसहित)

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
sport-.jpg.jpeg
काठमाडौं । एसियन फुटबल कन्फेडेरेशन (एएफसी)ले खेल मिलेमतो प्रकरणपछि आजीवन खेलकुद् गतिविधिमा प्रतिबन्ध लागेका चार नेपाली अ‍ेलाडीले गरेको अपिल खारेज गरिदिएको छ । 
 
सन् २००८ देखि २०१५ सम्म भएका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँसम्म लिएको रहस्य खुलेपछि गएको असोजमा प्रहरीले एक प्रशिक्षक सहित पाँच जनालाई पक्राउ गरेको थियो । 
 
पक्राउ परेको केही समयपछि अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरुलाई निलम्बन गरेको थियो । निलम्बनमा परेको केही समयपछि एएफसीले नै उनीहरुले गरेको कर्तुत् सार्वजनिक गर्दै आजीवन प्रतिबन्ध गरेको थियो । 
 
एएफसीको अपिल  कमिटीको विहिबार बसेको बैठकले नेपाली खेलाडीहरुले आफूमाथि लगाइएको प्रतिबन्धबारे हालेको अपिल खारेज गरिदियो । 
 
म्याच फिक्सिङ गरेको भन्दै एएफसीको अनुशासन कमिटीले नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित, रितेश थापा, विकास सिंह क्षेत्री, सन्दीप राई र प्रशिक्षक अन्जन केसीलाई २०१५ डिसेम्बर ५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 
त्यसपछि एएफसीले उनीहरुले गरेको खेल मिलेमतोको पूरा विवरण सार्वजनिक गर्दा पाँच फुटबलर मध्ये सागर र रितेश बढी सक्रिय देखिएका थिए । पाँचै जनाले अहिले आजीवन प्रतिबन्ध भोगिरहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ