arrow

थ्री–स्टार एएफसी कपको प्ले अफका लागि छनोट

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
nepal-aaaa.jpeg
काठमाडौं । नेपालको लिग च्याम्पियन थ्री–स्टार क्लब एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको छ ।
 
मंगोलियामा भएको प्रतियोगिताको प्ले अफ छनोट खेलमा समूह ‘बी’बाट समूह विजेता बन्दै थ्री–स्टारले अर्को चरणको यात्रा सुरक्षित गरेको हो ।
 
विहीबार भएको खेलमा मंगोलियाको एर्चिमले  कोम्बोडियाको नागावर्ल्डलाई १–० गोलले पराजित गरेपछि थ्री–स्टार दोस्रो चरणमा पुगेको हो ।
 
थ्रीस्टारले समूहमा १ खेलमा जित र एक खेल बराबरी खेलेको थियो  । यद्यपि, थ्री–स्टार ४ अंकका साथ समूह बिजेता बन्न सफल भयो ।
 
उसले पहिलो खेलमा घरेलु टोली एर्चिमलाई २–० ले हराएको थियो भने दोस्रो खेलमा कम्बोडियाको नागावर्ल्डसँग १–१ को बराबरी खेलेको थियो । थ्री–स्टारले अब एएफसी कपको प्ले अफ चरणमा प्रतिस्पर्धा गर्नेछ । थ्री–स्टार एएफसी कपको फाइनल चरणमा पुग्ने पहिलो नेपाली क्लब भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ