arrow

एएफसी कपको प्लेअफमा जान थ्रीस्टार आतुर, नागा र एर्चिमको खेल कुर्दै

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
3-star.jpeg
मंगोलिया । एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले  कम्बोडियाको नागावल्ड र मंगोलियाको एर्चिमबीचको खेलको प्रतिक्षा गरिरहको छ ।
 
बिहीबार दिउँसो नेपाली समय अनुसार २.४५ बजे सुरु हुने खेलको नतिजाले नै अर्को चरण पुग्ने टिमको टुंगो लाग्ने छ ।
 
हरेक समूहबाट एक टिममात्र प्लेअफमा जाने भएकाले समूह बीबाट थ्रीस्टार र नागामध्ये एक टिम अर्को चरणमा जानेछ । 
 
थ्रीस्टारले दुवै खेल खेलिसकेको छ । पहिलो खेलमा इर्चिमलाई २–० ले हराएको थ्रीस्टारले दोस्रो खेलमा नागसंग १–१ को बराबरी गरेको थियो ।  
 
अंक तालिकामा थ्रीस्टारको ४ अंक छ भने नागाको १ तथा एर्चिम अंकविहीन छ । 
 
थ्रीस्टार कप्तान विक्रम लामा ‘हामी थ्रिस्टार अर्को राउण्डमा पुगोस् भन्ने कामना गछौँ , हामीले खेल्ने जति खेलिसक्यौं अब नतिजा अरुको भरमा छ’ भन्छन् । 
 
कसरी पुग्न सक्छ थ्रीस्टार अर्को चरणमा 
१, नागा र इर्चिमको खेलमा इर्चिम विजयी भए 
                  वा
२, खेल बराबरीमा सकिए 
                 वा
३, नागा १–० लेमात्र वा २–१ ले विजयी भए पनि 
                वा
४, थ्रीस्टारले ५ वटा पहेंलो कार्ड खाएको छ भने नागाले एउटा रातो कार्ड खाइसकेको अवस्थामा दुई गोलको अन्तरले हराउँदा पनि थ्रीस्टार बलियो ।
 
 
यो आँकडा अनुसार थ्रीस्टारको अर्को चरण पुग्ने सम्भावना बढी छ । यतिबेला थ्रीस्टारलाई अर्काको भर गर्नुपर्दा भाग्यको पनि साथ चाहिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ