arrow

च्याम्पियन्स लिगको अन्तिम ३२ को छिनोफानो, बिहीबार समूह विभाजन र खेलतालिका

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
championhs.jpeg
काठमाडौं । युरोपकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा च्याम्पियन्स लिग फुटबलमा अन्तिम ३२ मा पुग्ने टोलीको छिनोफानो भएको छ । बुधबार रातिका खेलपछि सबै ३२ टिमको छनोट भएको हो । अब बिहीबार समूह विभाजन र खेल तालिका सार्वजनिक गरिँदैछ ।
 
अन्तिम ३२ मा पुग्न शीर्ष क्लवहरुलाईसमेत कठिन प¥यो । सोबीचमा इङ्लिस क्लब म्यान्चेस्टर सिटीले भने रोमानियाको स्टावा बुकारेष्टमाथि समग्रमा ६–० को जित निकालेको छ ।
 
बुधबार राति १–० को जित निकालेको म्यान्चेस्टरले पहिलो लेगको खेल ५–० ले जितेको थियो । ५६ औं मिनेटमा फाबियन डेल्फले गोल गरेका थिए । 
 
बुधबार राति भएका अन्य खेलहरुमा विजयी हुँदै जर्मनीको बोरुसिया एम्ब्याच, रुसको एफसी रोस्तोभ, क्रोएसियाको डाईनामो जाग्रेब र डेनमार्कको एफसी कोपनहेगन पनि समुह चरणमा पुगेका छन् ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ