arrow

अक्षयको 'रूस्तम' सय करोड नजिक

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
rustam-1.jpg.jpeg
एजेन्सी ।  'रूस्तम' को सफलतासँगै अक्षय कुमारले आफु सक्षम अभिनेता रहेको प्रमाणित गरेका छन् । चलचित्रले अक्षयलाई फरक विधामा  सफल बनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्र अक्षयको सबैभन्दा छोटो समयमा सय करोड कमाउने चलचित्र बन्ने भएको छ । चलचित्रले रिलीजको पहिलो  हप्तामा ९० करोड  कलेक्शन गरेको छ । यो सँगै सन् २०१६ मा रिलिज भएका चलचित्र मध्ये 'रूस्तम' सातामा बढि कमाउने चलचित्रमा  ५ औँ स्थानमा रहेको छ ।
 
कोईमोई ट्रेड वेबसाइटका अनुसार सन् २०१६ को सबै भन्दा हिट चलचित्रको रेकर्डमा सलमान खानको चलचित्र  सुल्तान रहेको छ । साथै अक्षय कुमारको तीन चलचित्र - 'एयरलिफ्ट' , 'हाउसफुल' ३ र 'रूस्तम' पनि यस सुचिमा  रहेको छन्  । पाचौँ स्थानमा शाहरुख खानको चलचित्र 'फ्यान'  रहेको छ ।
 
रूस्तमको सफलताले अक्षय कुमारको राष्ट्रभक्ति बढाएको छ । अक्षयले अभिनय गरेका राष्ट्रभक्ति चलचित्रहरुमा 'एयरलिफ्ट', 'बेबी', 'होलीडे', 'गब्बर इज ब्याक' रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ