arrow

शहिदका सपना भुटी, खानेलाई सलाम छ

मुलुक र दुनिया लुटी, खानेलाई सलाम छ

logo
शैलेन्द्र कुमार थापा,
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Shailendra-Thapa.jpg.jpeg
सांस्कृतिक पर्व गाईजात्राको पावन आवसरमा हामी र हाम्रो महान देश नेपालले भोगेको मान्छेजात्राको महानताको टिप्पणी...
 
शहिदका सपना भुटी, खानेलाई सलाम छ
मुलुक र दुनिया लुटी, खानेलाई सलाम छ॥
 
पुर्‍याएथे बोकि जसले, माथि यहाँ तिनैलाई
नभनि दिन रात चुटी, खानेलाई सलाम छ॥
 
यता मुलुक रुने उता, विदेशीको गुलामीमा
रमाउने र सँधै जुटी, खानेलाई सलाम छ॥
 
स्वजन ति मरे मरुन, मत्लब कतै नराखेर
परत्रीका मन ति खुटी, खानेलाई सलाम छ॥
 
पुर्खाको यो धरोहर हो, भत्काउने मन्त्र जपी
वैरीले ति बाँडेका बुटी, खानेलाई सलाम छ॥
 
यदि यसबाट कसैलाई असहजता महसुस भयोभने जिन्दगीको जात्रालाई बस्तुनिष्ठ र सहज यात्रामा मोड्नुहोला।
 
(मान्छेजात्राको कारण देशकै गाईजात्रा मनउन नपरोस भन्ने उदेश्यका साथ देश र दुनियाको कल्याणका निम्ति दिइएको निशुल्क सुझाव)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ