arrow

यातायात कानुनमा कडाई गर्न सांसदहरुको माग

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
sansad @@@.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकाश सांसदहरुले काभ्रेमा सोमबार भएको बस दुर्घटना र स्थानीय तहको पुनःसंरचनाबारे केन्द्रित रहेर आ–आफ्नाे भनाइ प्रस्तुत गरे ।  
 
यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको बताउँदै उनीहरुले यातायात क्षेत्रलाई नियमन गर्न बनेको कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 
 
बैठकमा पहिलो वक्ताको रुपमा नेपाली काँग्रेसका तीर्थबहादुर लामाले विर्ता देउरालीको खहरे खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २७ जनाको ज्यान गएको, ४० जना गम्भीर भएको जानकारी गराउँदै मृतकप्रति श्रदाञ्जलि र घाइतेको शीघ्र स्वास्थलाभको कामना गरे । 
 
एकाधिकारको कारणले क्षमताभन्दा तेब्बर यात्रु बोक्ने स्थितिले दुर्घटना भएको बताउँदै उनले यातायात कानुनलाई कडाइका साथ कार्यान्वयनको माग गरे । 
 
नेकपा एमालेका विदुर सापकोटाले घाइते अझै पनि औषधिबिना छटपटाइरहेकाले उनीहरुको उपचारमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए ।  
 
जनताको पहलामा विकट गाउँमा बनेका सडक यातायात सञ्चालनको हिसाबले जोखिमपूर्ण रहेको हुँदा ती बाटोको स्तरोउन्नति गर्नेतर्फ सरकारको ध्यान जाओस् उनले भने ।  
 
माओवादी केन्द्रकी सांसद कमला दोङले दुर्घटनाका धाइतेलाई पीडामाथि पीडा थोपर्ने होइन, निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । 
 
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले स्थानीय निकायमा सङ्ख्या घटाउँदा जनताले प्राप्त गर्ने अप्टयारो पर्ने हुँदा पुरानै सङ्ख्या कायम गर्नु उपयुक्त हुने धारणा राखे । 
 
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले काभ्रेलगायतका दुर्घटनाका घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै मुलुकमा बढदै गरेको दुर्घटनाको मुख्य कारकका रुपमा सिन्डिकेट हो भन्ने ठहर भइसकेको हुँदा उनीहरुलाई किन कारबाही हुन सकेन भनिन् । 
 
नेपाल सद्भावना पार्टींकी सांसद डिम्पलकुमारी झाले मुलुकका हरेक भागमा दैनिक सवारी दुर्घटनाका घटना हुने गरेकाले त्यसलाई रोक्न भएका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् । 
 
माओवादी केन्द्रका सांसद जनकराज जोशीले मुलुक सुशासन युक्त राजनीतिक दल गठन हुन आवश्यक रहेको हुँदा योगदानमा आधारित निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए । 
 
राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा राज्यले अनुदान तोक्ने प्रणालीको विकास गर्न सकिएमा राजनीतिक दलमाथिको आपेक्ष हट्ने र सुशासन प्रवद्र्धनमा जोड पुग्ने बताए  
 
काँग्रेस हरिप्रसाद नेपालले राष्ट्रियताको प्रखर नमुनाको इतिहासको रुपमा पाल्पामा हुने गरेको भगवती जात्रालाई लिन सकिने बताए । 
 
यस्तै, काँग्रेसका सांसद जीवनबहादुर शाहीले स्थानीय तह पुनःसंरचना आयोगले सङ्घीयतालाई सफल तुल्याउन नदिने उद्देश्यले आयोगले सीमा र सङ्ख्या निर्धारण गरेको हुँदा आयोगको औचित्यतामाथि नै प्रश्न उठाए ।  
 
नेपाली काँग्रेसकै सांसद ललितजङ्ग शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सबै सरकारले बेवास्ता गरोको गुनासो गरे । 
 
सासद मानप्रसाद खत्रीले सडक दुर्घटनाका लागि १० लाख उपलब्ध गराउन र घाइतेलाई तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ