arrow

विदेशमा नेपाली साहित्य फस्टाएको देख्दा गर्व लाग्छ : राष्ट्रकवि घिमिरे

गौतमद्धारा लिखित ‘मुनाका बेदनाहरू’ विमोचित

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
rastriyakabi.jpg.jpeg
काठमाडौं। राष्ट्रकवि माधव प्रसाद घिमिरेले विदेशमा बसोबास गर्ने नेपालीहरुले पनि नेपालको साहित्यिक सिर्जनामा योगदान पुर्‍याएको पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा कवयित्री गीता भेटवाल (गौतम)द्धारा लिखित ‘मुनाका बेदनाहरू’ नामक गीति कविताको विमोचन गर्दै राष्ट्रकवि घिमिरले भने,‘विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको साहित्यिक सिर्जनामा ठूलो योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, कवयित्री भेटवाललाई सम्झिँदा पुग्छ, उहाँले क्यानडामा बस्दा समेत साहित्य सिर्जना गर्न छोड्नुभएन्, मलाई यो देख्दा निकै गर्व लागेको छ ।’
 
कवि घिमिरेले साहित्यप्रेमी नेपाली स्रष्टाहरु जहाँ गएपनि नेपालको माटो, प्रकृति र यहाँको आदर्श विर्सन नसक्ने भन्दै उनीहरुले नेपाली साहित्यको विकास र संरक्षणमा पुर्याएको योगदान सँधै कदरयोग्य रहने विश्वास व्यक्त गरे । 
आफू यो उमेरमा पुस्तक विमोचन गर्न आउनुको प्रमुख कारण पनि विदेशमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याउने नयाँ स्रष्टाहरुलाई प्रोत्साह दिनु रहेको स्पष्ट पारे । उनले थपे,‘मलाई आज औधी खुशी लागेको छ, क्यानडामा बसेर पनि नेपालीपनलाई सँधै संरक्षण एवम् प्रर्वद्धन गर्न लागिपर्नुभएकी कवयित्री गौतमद्धारा लिखित गीतिसंग्रह विमोचन गर्न पाएँ ।’ घिमिरेले पुस्तकले मुलतः लोकशैलीलाई आत्मसात् गरेको पाएकोमा निकै खुशी लागेको बताए । 
 
घिमिरेले कृति अत्यन्तै मार्मिक रहेको भन्दै आगामी दिनमा समेत आफ्नो लेखन कलालाई निरन्तरता दिएर नेपाली साहित्यलाई सँधै माया गर्न कवयित्री गौतमलाई शुभकामना दिए ।   नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले राष्ट्रकविको हातबाट पुस्तक विमोचन हुनु ऐतिहासिक क्षण भएको उल्लेख गर्दै भने,‘कविवर घिमिरेज्यूको हातबाट आज पुस्तक विमोचन भएको छ, यो अवसर विरलै आउँछ ।’
 
डा. घिमिरेले कवयित्री गौतमले क्यानडामा रहँदापनि आफ्नो साहित्य सिर्जनालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत साहित्य सिर्जना, यसको संरक्षण र प्रर्वद्धनमा लागिरहन शुभकामना दिए । उनले साहित्यको लतमा लागिसकेपछि मानिसलाई त्यसबाट उम्किन गाह्रो हुने उल्लेख गर्दै थपे,‘यो भाँग खाएजस्तो हो, यसमा लागिसकेपछि यसबाट छुटकारा पाउन सितिमिति सकिँदैन, अहिले कवयित्री गौतमलाई पनि त्यस्तै भएको छ, उहाँ क्यानडामा बस्दापनि यसको लतबाट उम्किन सक्नुभएन् ।’
 
नारी साहित्य समाजकी अध्यक्ष गीता कार्कीले उक्त गीतिकविता माथि मन्तव्य राख्दै कवयित्रीले गीतिस्रंगहमार्फत नारीको मनको घाउलाई पोखेको बताईन् । उनले थपिन्,‘कवितामा नारीको मनमा चलेको आँधीको बारेमा लेखिएको छ, यो किसिमको क्रान्तिको आवाज नै हो भन्दा फरक पर्दैन्, चोटको मसीले लेखिएको वेदना हो यो, त्यसैले यो मार्मिक छ ।’ उनले कवयित्री गीता गौमजीको लेखन शैली अत्यन्तै मौलिक भएको भन्दै प्रंशसा समेत गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ