arrow

विश्व मित्रता दिवस साथीभाइबीच मनाइदै

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
friendship-day.jpg.jpeg
काठमाडौं । विश्व मित्रता दिवस (फ्रेन्डसिप डे) विविध कार्यक्रम गरी साथीभाइबीच आपसमा विश्वभर मनाइदैछ । अंग्रेजी महिना अगस्टको पहिलो आइतबार विश्वभर यो दिवस मनाइदैछ । 
 
यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् ।
 
मानिसको जीवनमा एउटा असल मित्रले ठूलो महत्त्व राख्छ । साथीबिनाको संसार हामी कल्पनासम्म पनि गर्न नसकिने अवस्था छ । साथीको महत्व पाठशालाको पहिलो कक्षादेखि नै सुरु हुन्छ । तसर्थ त्यो जीवनपर्यन्त महत्वपूर्ण छ । 
 
साथीलाई हामीले आवश्यक पर्दा धेरै गोप्य कुराहरू पनि बाँड्न सक्छौं । हामीले जीवनमा गरेका गल्ती होस् या राम्रा काम, यसका बारेमा पहिलो जानकारी साथीलाई नै दिने गर्छौं ।
 
जस्तोसुकै कठिन परिस्थितिमा पनि असल मित्रले हाम्रो साथ छाड्दैनन् र हामीभित्रको आत्मविश्वासलाई जगाइराख्छन् । 
 
साथीले हामीलाई जस्तोसुकै रूप र परिस्थितिमा पनि देखेका हुनाले उनीहरूसँग हामी कहिल्यै कुनै पनि प्रकारको संकोच मान्दैनौं र जहिले सहज नै महसुस गर्छौं ।
 
मित्रता दिवसको हाम्राकुराको पनि शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ