arrow

म देश अघि बढाउँ कि कसैका पार्टीकाे साइनबोर्ड बचाइदिउँ : प्रम ओली

अबको सरकार समयले निर्धारण गरेको बाटो हिड्न बाध्य हुनेछ

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
oli-large.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले सरकार बनाउने नाउँमा आफुलाई कसैले आफ्नो पार्टीको साइनबोर्ड जोगाउन विन्ति गरेको बताएका छन् । 
 
एभिन्यूज खरबरको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले अहिले अर्कै खालको राजनीति गर्नेहरुको निद हराम भएको कटाक्ष गर्दै कसैले आफ्नो पार्टीको साइनबोर्ड जोगाउन भएपनि सहयोग गरिदिनु पर्‍याे भन्दै विन्ति विसाएको सुनाए । प्रधानमन्त्री ओलीले भने, ‘मलाई आजभोली हाम्रो पार्टीको साइनबोर्ड बचाइदिनुपर्‍याे भन्छन् । म देश अघि बढाउँ कि तीनीहरुको पार्टीको साइनबोर्ड बचाइदिउँ ।’ यद्यपि, ओलीले कस्ले त्यसो भने भन्ने बारेमा भने केही बताएनन् । 
 
आफुले ९ महिनाको अन्तरालमा पनि थुप्रै नौला प्रयासहरु गरेको र जसले अहिले सरकार बनाउनेहरुमा बेचैनी आएको कटाक्षसमेत ओलीले गर्न भ्याए । उनले भने, ‘तराईमा चक्रपथ निर्माणका लागि यस पटक मात्रै ५० करोड प्रारम्भिक बजेट आएको छ । यसअघि पनि सरकार थिए । जिल्ला सदरमुकाम सम्म जानका लागि फराकिलो बाटो बनाउने विषय नीति कार्यक्रममा पारेका छौं । हेर्नुस् राजमार्गबाट सदरमुकाम जाने गाडी चढ्दा गाडीभित्रै हेलमेट लगाउनु पर्छ । नत्र टाउको फुट्छ ।’ नेपाली जनताको रेल चढ्ने सपना छ । ओलीले थपे, ‘नेपालमा रेल चलाउनु हुँदैन भन्ने अचम्मका मान्छेहरु छन् ।’ नेपाल उर्भर छ, तर पनि हामीले बाहिरबाट ल्याएर पेट भरिरहेका छौं । खै उत्पादन ? 
 
ओलीले विभिन्न उदाहरण दिँदै भने, ‘नेपालमा प्रसस्त ऊन उत्पादन हुन्छ । तर हामी न्यूजिल्याण्डबाट उन ल्याउँछौं । नवलपरासीमा फलामको पहाडै रहेछ । हामी हलो जोत्ने फाली समेत भारतबाट ल्याएर जोत्छौं ।’ उद्योग मन्त्री जी यही हुनुहुन्छ । लौन खोजौं न । ओलीले अगाडी भने, ‘युरेनियम खानी यहाँ रहेछ, नुन, पेट्रोल खानी यहाँ रहेछ ।’ यो गिटी–बालुवा को देश होइन । हिरा, मोती, रत्न, माणिक्यको देश हो । ओलीले हँसाउँदै भने, ‘त्यतातिर हिड्यो भने यो बौलायो कि क्या हो भन्छन् ।’
 
मैलै ९ महिनाको अवधिमा कुरा मात्रै गरेन । काम पनि गरेको छु । ओलीले भने, ‘समुद्री पारवहन समम्म पहुँच विस्तार गरेको छु । एउटा टाकुराबाट गएर हेर्दा विश्वका अन्य मूलक पनि देखिने गराइदिएको छु । एक तिरको परनिर्भरतालाई अन्त्य गरी सर्वत्र अर्कोतिर पनि बाटो खोलिदिएको छु ।’ निकै लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आफुले सपना बेच्ने गरेको छैन–भने । आफुलाई कसैले सपना बाँड्यो भनेको उल्लेग गर्दै ओलीले भने, ‘मैले देश र जनताका मुर्छित भावनाहरुलाई जोगाउने प्रयत्न गरे । हामी सबैको दायित्व थियो । हामीले आशा बनाउन नसके कसरी देश विकास गर्न सक्छौं ? ।’ त्यसैले अबको सरकार समयले निर्धारण गरेको बाटो हिड्न बाध्य हुनेछ । 
 
सम्मान र सम्मानित
कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्षका उत्कृष्ठ ९ व्यक्तित्वलाई सम्मान गरे भने, आफु पनि सम्मानित भए । एभिन्यूज खबर (पहिलेको एभिन्यूज टेलिभिजन)ले राष्ट्रकवि माधव प्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, कलाकार हरिप्रसाद रिमाललगायतलाई सम्मान गरेको थियो । अन्तिममा ओली समेत सम्मानित भए    
 
वियरको क्यान सार्बजनिक
प्रधानमन्त्री ओलीले अन्तिममा वियरको नयाँ स्किम सार्वजनिक गरे । उनले टेन्सबर्गको नयाँ क्यान सार्बजनिक गरेका हुन् । जुन कम्पनीले प्रधानमन्त्रीले सम्बोधन गरेको कार्यक्रमलाई प्रायोजन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ