arrow

आइटिएफ तेक्वान्दो टोलीको विदाई

अन्जन धमला दक्षिण एसियाली आइटिएफको महासचिवका दावेदार

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
itf-taekwondo-bidae.jpg.jpeg
काठमाडौँ । भारतमा हुने ५औँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा सहभागी हुन जाने नेपाली टोलीको बिदाई भएको छ । बैग्ंलोरमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने १० खेलाडी, दुई प्रशिक्षक, एक रेफ्री तथा टिम ब्यवस्थापकलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डिले विदाई गरे ।
 
आगामी ५ देखि ७ अगस्टसम्म हुने च्याम्पियनसिपमा खेलाडीहरु योगेश छन्त्याल मनोज खड्का, आशिष कार्की, सूर्य बहादुर तामाङ, दिलेन राई, विरेन्द्र कुँवर, पुजा खुलाल मगर, सोनी खड्का, दिपक गौतम र सुवास आले मगरले फाइट तथा प्याट्रनमा नेपालको तर्फबाट चुनौती पेश गर्नेछन् । नेपाली खेलाडीले टिम प्याट्रनतर्फ पनि प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा विजय श्रेष्ठ तथा दिनेश शर्मा छन् । सघंका अध्यक्ष अन्जन धमलाले टिमको नेतृत्व गर्नेछन् । च्याम्पियनसिपमा नेपालको तर्फबाट एक मात्र निर्णायकको भूमिका प्रविन कुमार कार्कीले गर्नेछन् ।
 
सो अवसरमा दक्षिण एसियाली आइटिएफ तेक्वान्दोको अधिवेशनमा समेत नेपालले पदाधिकारीका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ । आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले दक्षिण एसियाली आइटिएफ तेक्वान्दोमा महासचिव पदका लागि दाबेदारी दिने लागेको सघंका महासचिव अन्जु रावतले बताइन् । महासचिव राउतले भनिन्“नेपालले दक्षिण एसियाली क्षेत्रमा विगत देखि नै आफ्नो पकड बनाइ राखेकाले सम्भवत् महाचिवमा जित हात पार्न सक्नेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ