arrow

विधिवत् महाधिवेशनको माग गर्दै नेविसंघ नेता आमरण अनसनमा

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
aamaranansannebisaneeeg.jpg.jpeg
काठमाडौं। ६ दिनदेखि रिले अनसनमा बसेका नेविसंघको नेताहरु शनिबारदेखि आमरण अनुसनमा बस्न थालेका छन्। पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कुन्दन राज काफ्ले पक्षले आमरण अनसन थालेका हुन्। 
 
यसरी अनसन बस्नेमा नेविसंघ पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसंघ रामेछापका नेता रत्न ढुङ्गेल रहेको नेविसंघका नेता एवं महामन्त्रीका दाबेदार डिल्लीराम सुवेदीले जानकारी दिए। केही दिनदेखि विधिवत् महाधिवेशनको माग गर्दै आएको काफ्ले समूहले आजदेखि पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरे पछि नेविसंघका विभिन्न नेताहरूले आएर ऐक्यबद्धता समेत जाहेर गरेका छन् । 
 
अधिवेशन भएका भनी घोषणा गरिएका ६४ जिल्लामध्ये १३ मा विधिवत् अधिवेशन नगरिएको, ११ जिल्ला र काठमाडौँ उपत्यकाका क्याम्पसमा अधिवेशन नै नगरी महाधिवेशन गर्न लागिएकाले विधि पुर्या‍एर महाधिवेशनको माग गर्दै यी दुई अनसनमा बसेका हुन्। अनसन शुरुवातको समयमा २१ जिल्लाका नेविसंघका अध्यक्ष सहित ८० जनाको संख्यामा रहेको नेविसंघका नेता तथा कार्यकर्ताले ऐक्यवद्धता जनाएको पनि उनले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ