arrow

नेबिसंघमा अध्यक्ष बन्न ५१ प्रतिशत मत; कुन उमेद्वारले ल्याउला?

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
nsu-chairman-candidate.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको अध्यक्ष बन्न महाधिवेशन प्रतिनिधीको ५१ प्रतिशत अनिवार्य मत ल्याउनुपर्ने व्यवस्था हुने लगभग पक्का भएको छ। नेपाली काँग्रेसमा व्यवस्था रहेको यो व्यवस्था यसै महाधिवेशनबाट लागू हुने गरि विधान संसोधन हुन लागेको हो। यो व्यवस्था समेत रहनेगरि विधान संसोधनका लागि पार्टीबाट गठित निर्देशन समितिले विद्यार्थी प्रतिनिधीहरुसँग पनि छलफल गरेको छ। यस बारेमा पार्टी सभापति र अग्रज नेताहरु पनि लगभग सहमति नजिक आइसकेको निर्देशन समितिका एक सदस्यले बताए। 
 
देशमा नयाँ संविधान आएपछि संविधानले गरेको संघीय व्यवस्था अनुसार मातृ पार्टी नेपाली काँग्रेसले महाधिवेशन गरेको थियो। नेबिसंघमा पनि नयाँ व्यवस्थालाई विधानमा समायोजन गर्नैपर्ने वाध्यकारी दवावका कारण यो महाधिवेशनमा विधान संसोधन गरि चुनाव हुने भएको हो। नयाँ व्यवस्था अनुसार कुनै पनि उमेद्वारले कुल मतको ५१ प्रतिशत मत नल्याएको अवस्थामा दोस्रो पटक दुईजना धेरै मत ल्याउनेहरुका बीचमा चुनाव हुने छ। यो व्यवस्था भएमा अहिले चुनावी मैदानमा अध्यक्षका दावी गर्नेहरु लगभग सबै उमेद्वार भएपनि एकै पटकमा टुङगो लाग्ने सम्भावना कम हुने विद्यार्थी राजनीतिका जानकारहरु बताउँछन्। त्यो अवस्थामा दोस्रो चरणमा नयाँ नयाँ समिकरणहरु बन्नेछन्। त्यो नेविसंघको राजनीतिमा हेर्न लायक हुनेछ। 
 
अहिले नेबिसंघमा जीतजंग बस्नेत, नैनसिंह महर, मनोजमणी आचार्य, कुन्द्न काफ्ले, सरोज थापा, रत्न कार्की, दिपक भट्टराई, आनन्दराज त्रिपाठी, निलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, शुभराम बस्नेत, क्षितिज भण्डारी, विनिता अधिकारी प्रत्यासी रहेका छन्। उनीहरु सबै चुनावी मैदानमा आए भने एकैपटक नेविसंघले अध्यक्ष पाउने सम्भावना कम हुने देखिएको छ। उनीहरु मध्ये आधा नै उमेद्वार नभएपनि एकैपटक अध्यक्ष हुने सम्भावना कम रहेको जानकारहरु बताउँछन्। त्यसमध्ये ४ जना मात्रै उमेद्वार हुँदा पनि एकैपटक कुनै पनि उमेद्वारले ५१ प्रतिशत मत ल्याउने सम्भावना भने कम रहेको छ। यो अवस्थामा पार्टीमा झै नेबिसंघमा पनि दोस्रो चरणमा चुनाव हुनेछ। तर विधानमा यो ५१ प्रतिशतको व्यवस्था हुँदा समय धेरै लाग्ने खर्च धेरै लाग्ने लगायतका तर्क दिएर यो लागू गराउन नहुने भन्ने मत पनि अगाडी आइरहेको बताइएको छ। तर अधिकांश नेताहरु र विद्यार्थी प्रतिनिधीहरु भने यो प्रावधानको पक्षमा रहेकोले विधानमा यहि व्यवस्था पारित हुने बताइएको छ। 
 
संविधानमा गरिएको व्यवस्था अनुसार विभाजन भएको देशको संरचना अनुसार केन्द्रीय समितिको लागि पार्टीमा निर्वाचन भएको थियो। नेबिसंघमा समेत यहि प्रदेशको संरचना अनुसार केन्द्रीय समितिको निर्वाचित गर्ने व्यवस्थाको मिलाउनका लागि विधानमा लगभग अन्तिम छलफल भइरहेको छ। पार्टीको सबैभन्दा क्रियाशिल र ठूलो भातृ संस्था भएको कारण नेबिसंघको विधानमा पार्टीको पनि चासो रहने गर्छ। त्यसै अनुसार अहिले पार्टीका माथिल्लो तहमा रहेका नेताहरुले नेबिसंघको विधानमा समेत चासो देखाइरहेको निर्देशन समितिका ति सदस्यले बताए। पार्टीका नेताहरुले विधानमा चासो देखाउनुको अर्को कारण भनेको आफूसँग जोडिएका नामहरुलाई कहाँ कहाँ मिलाएर उमेद्वार बनाउने र कुन समुहसँग गठवन्धन गर्न लगाउने भन्ने सन्दर्भमा समेत रहेको उनको भनाई छ। विधानमा थप्ने तयारी भएको नयाँ व्यवस्था अनुसार नेताहरुले आफ्नो गुटलाई बलियो बनाउन पनि लागिपरेका छन् भने पार्टीका नेताहरु पनि आफू निकटकालाई विद्यार्थी संघमा ल्याउन रणनीति बनाउने र गठवन्धन बनाउन लागिपरेका छन्। 
 
महाधिवेशन प्रतिनिधी विवाद
नेबिसंघमा महाधिवेशन प्रतिनिधी विवादले केहि नेताहरु विधिवत महाधिवेशनको मुद्धा उठाएर आमरण अनशन पनि शुरु गरेका छन्। केहि दिनको रिले अनशनमा कुरा सुनुवाई नभएपछि गणेश सापकोटा, कुमार दुलाल र रत्नहरी ढुङगेल शनिवारबाट आमरण अनशनमा बसेका छन्। उनीहरुको नेतृत्व गरिरहेका कुन्दनराज काफ्ले आफूहरुले भनेको फर्जि मतदाता हटाउने विषयमा पार्टीले हस्तक्षेप नगरे आफ्नो टीमबाट आमरण अनशन फिर्ता नहुने बताउँछन्। पार्टी पनि यस प्रकरणमा दवावमा परेको छ। पार्टी सभापति शेर बहादुर देउवाले नेबिसंघको बिषयमा पार्टीका बिभिन्न नेताहरु र निर्देशन समितिका नेताहरुसँग पनि परामर्श गरिरहेका छन्। सभापति देउवाले महाधिवेशन कुनै पनि हालतमा गराउने तर त्यसका लागि कसरी सहजिकरण गर्ने भन्ने बिषयमा आफ्ना निकटहरुसँग थप परामर्श समेत गरेका छन्। 
 
फर्जी मतदाताको संख्या सुनेर देउवा हच्किए
विधिवत महाधिवेशनको कुरा उठाउने समुहले मात्र हैन देउवा निकटकै विद्यार्थी नेताहरुले पनि महाधिवेशनमा फर्जी मतदाता बनाइएको आरोप लगाएका छन्। कसैले ८ सय मतदाता फर्जी रहेको बताइरहेका छन भने कतिपयले ४५० फर्जि मतदाता रहेको दावी गर्छन्। एक अनौपचारीक कुराकानीमा नेबिसघ अध्यक्ष रञ्जित कर्णले पनि ३ सयको हाराहारीमा त्यस्ता प्रतिनिधी भएको हुनसक्ने उनलाई उदृत गर्दै निर्देशन समितिकै एक सदस्यले बताए। ३ हजार आसपास महाधिवेशन प्रतिनिधी रहने महाधिवेशनमा ठूलो संख्यामा फर्जी मतदाता रहेको बिषयमा पार्टी सभापतिले समेत आश्र्चर्य व्यक्त गरेका छन्। तर त्यस्ता फर्जी मतदाताहरुलाई धेरैभन्दा धेरै हटाएर तोकिएको मितिमै महाधिवेशन गराउन देउवाले आफू निकट र निर्देशन समितिका सदस्यहरुलाई पनि निर्देशन दिएका छन्। देउवाले अहिलेकै अवस्थामा महाधिवेशन गराउँदा जित्ने उमेद्वार हार्ने र हार्ने उमेद्वार जीत्ने अवस्था पो रहेछ भन्दै आश्चर्य व्यक्त गरेका थिए। 
 
देउवालाई 'फर्जी' मतदाता बारे ब्रिफिङ
सभापति देउवालाई फर्जी मतदाताबारे विभिन्न तहका नेताहरुले बताएका छन्। उनले पनि त्यसपछि विभिन्न तहबाट यो बुझ्ने प्रयास गरेका छन्। त्यसक्रममा पार्टीका नेता विमलेन्द्र निधीले अध्यक्ष रञ्जित कर्णसँग कुरा गर्दा केहि सयको हाराहारीमा त्यस्ता मतदाता भएको स्विकारेको बताइएको छ। त्यस्ता मतदाताहरु केहि आफ्नो तर्फबाट र केहि ऋषिकेश शाहको तर्फबाट थपिएको उनले स्विकारेका थिए। तर नेता कर्णले आफ्ना तर्फबाट थपिएका त्यस्ता मतदाताहरुलाई भित्रि रुपमा तपाइहरुका उमेद्वारलाई सहयोग गर्न लगाउने भन्दै प्रतिनिधी विवादलाई टुङग्याइदिन निधीसँग आग्रह गरेका थिए। देउवा निकट आकाँक्षीहरुले भने कर्णले राखेको सो प्रस्ताव भुलाउने उपाय मात्र भएको भन्दै अस्विकार गरेका छन्। उनीहरुले अध्यक्ष कर्णले उपलव्ध गराउने मत एक्लै चुनाव लडेको अवस्थामा दिपक भट्टराईलाई र मिलेर चुनाव उठेको अन्यथामा मनोजमणी आचार्यलाई जाने भन्दै असन्तुष्टी जनाएका थिए। उनीहरुले फर्जी मतको आश गर्नुभन्दा त्यसलाई हटाउनु नै उपयुक्त विकल्प भएको तर्क गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ