arrow

प्रधानमन्त्रीलाई भेटाउन देव नारायणलाई काठमाडौं ल्याइयो (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
daev-narayen-ktm.jpg.jpeg
काठमाडौं  । सप्तरीको तिलाठीमा भारतीय पक्षले नदीको बहाव थुनेर तटबन्ध बनाएपछि भएको झडपमा परी घाइते भएका पूर्वजिविस सदस्य देवनारायण यादवलाई काठमाडौं ल्याइएको छ । 
 
‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहले सप्तरीमा उपचार गराइरहेका यादवलाई शनिबार काठमाडौं ल्याएको हो । ठाकुर गैरे संयोजक रहेको अभियानमा रामकुमारी झाक्री, राजेश राई, शेखर अधिकारी लगायत १० जना सदस्य छन् ।   
विराटनगरबाट प्लेनमा आएका यादवलाई अभियानले स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना  गरेको छ । 
 
उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिए । यादवलाई भेट्न प्रधानमन्त्री मनमोहन अस्पताल पुग्दै छन् । यादवको टाउकोमा बाँसको चिर्पटले हिर्काएको चोठ भित्र सम्म पुगेको बताइएको छ । उनको एक्सरे भइसकेको र रिपोर्ट आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ