arrow

'स्टेरिङ' नघुमेपछि मध्यरातमा भयो यस्तो दूर्घटना

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
bussacident.jpg.jpeg
काठमाडौं। एकाविहानै छाउनीबाट सितापाईला तर्फ जाँदा छाउनी हाउजिङको मूलद्वार नजिकै रहेको ढुङ्गेधारा माथि एउटा मिनिबस अचम्मको अवस्थामा देखेपछि झपाका आशिका सिंह अचम्ममा परिन्। बसको आधा भाग ढुङ्गेधारा माथि र आधा भाग सडकमा थियो । ढुङ्गेधारामा पानी थिएन र तउलाई बार्नको लागि सडकसँगै राखिएको पर्खाल पनि गाडी कै कारण ध्वस्त थियो।
 
दूर्घटना राती १० बजे भएको र तीब्र गतिमा रहेको गाडीको स्टेरिङ नघुमेपछि यस्तो दूर्घटना भएको ड्यूटीमा खटिएका ट्राफिक प्रहरीका सई शिवराम पाठकले जानकारी दिए। अहिले चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने यस दूर्घटनाबाट कुनैपनि मानवीय क्षति नभएको पनि ट्राफिक प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ