arrow

चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ को प्रसारण सुरु

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
chinabussist.jpg.jpeg
काठमाडौँ । लोकप्रिय चिनियाँ टिभी सिरियल ‘सि यउ चि’ (पश्चिमतिरको यात्रा) नेपाली भाषामा अनुवाद र डबिङ भई नेपालमण्डल टेलिभिजनबाट शुक्रबारदेखि प्रसारण सुरु भएको छ । 
 
प्रसिद्ध बौद्ध चिनियाँ भिक्षु स्यीयान चङ (हुएन साङ) चीनबाट भारत आई बौद्ध ग्रन्थ लिएर गएको घटनालाई मुख्य कथावस्तु बनाई करिब ५०० वर्ष अघि चिनियाँ उपन्याशकार ऊ छङ्एनले लेखेको शास्त्रीय उपन्याश ‘सि यउ चि’मा यो सिरियल आधारित छ र यसमा केही दन्त्यकथा र काल्पनिक घटना पनि जोडिएका छन् । 
 
यो टिभी सिरियल चीनमा मात्र विभिन्न टिभी स्टेसनबाट तीन हजार पटकभन्दा बढी प्रसारण भइसकेको बताइएको छ । 
 
शनिबार आयोजित पत्रकार सम्मेलनमा अरनिको समाजको संयोजकत्वमा नेपाली भाषामा अनुवाद र डबिङको कार्य सम्पन्न गरिएको समाजका अध्यक्ष डा सर्बोत्तम श्रेष्ठले जानकारी दिए ।
 
 उनले यो सिरियल प्रसारणका प्रतिलिपि अधिकार सिसिटिभीसँग मात्र रहेको र अन्य नेपाली टेलिभिजनबाट प्रसारण अनुमतिका लागि आएको आग्रहलाई उक्त चिनियाँ टिभी कम्पनीसामु पुर्‍याइदिने वचनबद्धता प्रकट गरे । 
 
डबिङ कार्यमा सघाउने वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले चिनियाँ भाषाको ज्ञान विना नै यो योजनामा हात हाल्न पुगेर ठूलै कठिनाइको सामना गर्नुपरेको भए पनि सबैको उदार सहयोगबाट नेपालीमा डबिङ गर्ने कार्य सम्पन्न गर्न सकेको अनुभव सुनाए । 
 
प्रसिद्ध डबिङ कलाकार अञ्जु देउजा र रघु गौतमले यसमा स्वर दिएका छन् । सिरियलका नायक वानरराजको डबिङ जनावरको स्वर निकाल्न सक्ने कलाकार उमेश मायालुले गरे । श्रीराज कृष्ण श्रेष्ठले डबिङ र मिक्सिङको काम गरेका छन्  ।  सन् १९८६ मा निर्मित २५ भागको यो सिरियल नेपालमा भने ५० भाग बनाई प्रसारण गरिने छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ