arrow

चीनको समर्थन प्रचण्डलाई; प्रचण्डको पहिलो भ्रमण चीनबाट हुन सक्ने

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
prachanda.jpg.jpeg
काठमाडौं। चीनले मओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बन्ने सरकारलाई  पूर्ण समर्थन गर्ने भएको छ। चिनियाँ राजदुत उ चुन्ताईले दाहालसँग शुक्रवार गरेको भेटमा आफ्नो सरकारको तर्फबाट नयाँ सरकारलाई पूर्ण समर्थन गर्ने बताएका हुन्। राजदुत उ चुन्ताईले काँग्रेस माओवादी लगायतका दलहरु संलग्न सरकारलाई चीन सरकारको सबै प्रकारको सहयोग हुने वचन दिएका हुन्। 
 
राजदुतलाई दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीन सरकारसँग गरेको सबै सन्धी र समझदी आफू पहिले प्रधानमन्त्री हुँदा भएको सहमतिकै परिणाम भएकोले त्यसको कार्यान्वयनमा कुनै कसर वाँकी नराख्ने बचन दिएका थिए। 
 
दाहालको पहिलो भ्रमण चीनबाट
नयाँ सरकारको प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण चीनबाट गर्न दाहाललाई माओवादी सचिवालय कुटनीतिज्ञ र केहि सल्लाहकारहरुले सुझाव दिएका छन्। नयाँ सरकार बनाउन भारतको भुमिका रहेको र भारत परस्त आरोप लगाइएको बेला त्यसलाई चीर्न पनि दाहाललाई चीनबाट आफ्नो बिदेश भ्रमण गर्न सुझाव दिइएको उनी निकटहरुले बताएका छन्। 
 
दाहाल पनि ओली नेतृत्वको सरकारले भारतसँग विगारेको सम्वन्धलाई नयाँ आयाम दिदै चीनसँगको सम्वन्धलाई थप सुदृढ बनाउने गरि गृहकार्यमा जुटेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ